लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१०-११
- A
- A-
- A+
आज मिति २०७९।१०।१० गते अं.१८:४५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-११ ओम आश्रम स्थित सडक किनारमा व.प्र.का.बिर्ता,पर्साबाट प्र.नि.बिशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले ला.औ. खैरो हिरोईन कागजको पुरियामा बिक्री बितरण गर्ने ऐ.ऐ.-१२ मुर्ली टोल बस्ने शंकर साहको छोरा बर्ष-२२ को राहुल कुमार साहलाई फेला पारी निजको शरिर तलाशी लिँदा निजले लगाएको पाईन्टको खल्तीबाट कागजको साना-साना पुरिया गरी जम्मा १५ पुरिया ला.औ.खैरो ब्राउन सुगर फेला परेको हुँदा निजलाई ला.औ.सहित पक्राउ गरी व.प्र.का.बिर्ता,पर्सा राखिएको ।