बिल बिजक भन्दा बढी लत्ताकपडा तथा टेन्टका सामानहरू लोड रहेको पिकअप नियन्त्रणमा
२०७९-१०-१२
- A
- A-
- A+
बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा टेन्टका सामानहरू बोकेको पिकअप बीरगञ्जबाट हेटौंडातर्फ गईरहेको छ भन्ने सूचना प्राप्त भई यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको टोलीले मिति २०७९।१०।१० गते जि. पर्सा बीरगञ्ज म.न.पा. वडा नं.१६ ईनर्वाचोक स्थित सडकखण्डबाट मधेश प्रदेश ०३-००१ च ६५०० नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा अं.मू. रू.१०,१५,०००।– (दश लाख पन्ध्र हजार) बराबरको पिकअप गाडी र सो भित्र लोड रहेको लत्ताकपडा तथा टेन्टका सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०७९।१०।११ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।