लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.०८:०० बजेको समयमा जिल्ला सिरहा नरहा गा.पा. ३ चौहर्वा चौक दुर्गा मन्दिर स्थित जिल्ला पर्सा बिरगंज म.न.पा. ३२ चोर्नी बस्ने शिवचन्द्र महतोको छोरा अ. बर्ष २४/२५ को मुन्ना महतो शंकास्पद अवस्थामा पैदल हिडडुल गरिरहेको अवस्थामा तालुक लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट प्र.स.नि. गोपाल खड्काको कमाण्डमा खटिएको टोलिले निज मुन्ना महतोलाई शंका लागि चेकजाच गर्दा निजको साथबाट नाईट्रोभेट 10 लेखिएको ८ पत्ता १२३ पिस, ३ वटा ट्यावलेट खुल्ला र (CODWELL) लेखिएको कोरेक्स १ सिरफ सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.मिर्चैया सिरहाबाट चौहर्वा चौकमा खटिएको पिकेट टोलीलाई जानकारी गराउन साथ तत्काल ई.प्र.का.मिर्चैया सिरहाबाट प्र.स.नि.को कमाण्डमा मुचुल्का सहित टोलि खटि गई निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।