लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. १४:०० बजेको समयमा जिल्ला महोत्तरी बर्दिवास न.पा. ८ हात्तिलेट स्थित मिलचोक टोलमा अबैध ला.औ.गाँजा बिक्री बितरण भईरहेको छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीबाट प्रहरी अधिकृत सहितको टोली खटी गई ऐ.ऐ. बस्ने बर्ष अं. ५० को कालु थापाको घरमा खनतलासी गर्दा ऐ.ऐ.बस्ने बर्ष अं. ६४ को मणिक लाल जर्घा , जिल्ला धनुषा मिथिला न.पा. ९ बस्ने बर्ष अं. २१ को अनिस बुढाथोकी सहित ७ के.जि ला.औ.गाँजा ,ढक तराजु र नगद रु ७९,४००।– फेला परेकोमा मानिस सहित नियन्त्रणमा लिई मणिक लाल जर्घाको घर समेत खनतलासी गर्दा ७०० सय २० ग्राम ला.औ .गाँजा फेला परीको र ऐ.ऐ. बस्ने शेर व. पुलामीको घरमा खनतलासी गर्दा ११ के.जि.ला.औ.गाँजा , ढक तराजु र नगद रु १०,६००।- ( दश हजार छ सय) सहित शेर व. पुलामी लाई समेत नियन्त्रणमा लिई अं.१७३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।