प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस र सवारी साधन पक्राउ सम्बन्धमा ।

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

   मिति २०७९/१०/१२ गते अं.१३;०० बजेको समयमा विशेष सुचनाको आधारमा  जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. १४ पिडारी चोक स्थितमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको प्रदेश २-०२-००१ स.०३५६ नं.को अटोलाई चेकजाँच गर्दा अटोमा लोड गरेको जुटको बोरा भित्र रहेको १० वटा कार्टुन खोली हेर्दा लागु औषध Exiplon-४९३ बोतल फेला परेकोमा लागु औषध Exiplon-४९३ बोतल सहित उल्लेखित कार्यमा संलग्न रहेको  अटोसंगै २ वटा मो.सा.मा सवार मो.सा. सहित ३ जना मानिस अटो चालक, अटो समेतलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

 

      नियन्त्रणमा लिएको ला.औ., मानिस तथा सवारी साधनको विवरणः-

१) प्रदेश २-०२-००१ स.०३५६ नं.को अटो र त्यसको चालक जिल्ला धनुषा नगराईन न.पा.७ बस्ने अं.वर्ष २२ को दिलसाद नदाफ

२) ज.११ प.४४४६ नं.को मो.सा. र त्यसको चालक जिल्ला धनुषा नगराईन न.पा.७ बस्ने अं.वर्ष २२ को भरोसी यादव ।

३) सोही मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २१ को ईसराईन नदाफ ।

४) ज.६ प.१७८ नं.को मो.सा. र त्यसको चालक जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ बस्ने अं.वर्ष ३२ को  दिपक कुमार पुर्वे ।

५) लागु औषध Exiplon जम्माः- ४९३ बोतल ।

सम्बन्धित समाचार
लागु औषध सहित मोटरसाईकल र मानिस नियन्त्रणमा
२०८०-०८-१९

 १.    सर्लाही, मिति २०८०।०८।१८ गते अं.२०:०० बजेको समयमा जिल्ला सर्लाही चक्रघटा गा.पा. ७ स्थितमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्र.ह. को कमाण्डमा खटिएको टोलीले ना.३० प ६७३६ नं.को मो.सा.लाई चेक जाँच गर्दा मो.सा. चालकले झोलामा बोकी ल्याउदै गरेको लागु औषध CODEDYL २९ बोतल फेला  पारि , ला.औ. , मो.सा. र मो.सा. चालक जि. सर्लाही  मंलगवा न.पा.३ बस्ने अं. वर्ष ३४ को ईफतिका अलि मिकरानीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  २.    सिरहा, मिति २०८०।०८।१८ गते अ. २०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.४ गोलबजार बाट  बलकवा जाने बाटोमा स.७ प २०७८ नं.को मो.सा. रोकी बाटो छेउमा चुरोट खादै गरेको अवस्थामा ई.प्र.का.गोलबजार सिरहाबाट प्र.स.ह. को कमाण्डमा खटिएको गस्ती टोलीले संका लागी सोध पुछ, चेक जाँच गर्ने क्रममा जिल्ला सिरहा गोलबजार न.पा.८ बस्ने प्रदिप मोचीको छोरा अं.वर्ष १९ को बिबेश महराको जिन्स पाइन्टको बायाँ गोजीबाट नाईट्रोभेट ऐन १ पतामा हुने  १५ पिस मध्ये ६ पिस बरामद भएको र सोही मो.सा.मा पछाडी सवार ऐ. गोलबजार न.पा.६ बस्ने टुनाई महराको छोरा अं.वर्ष १७ को सुरेन्द्र महरा  सँग केही फेला नपरेको हुदा लागुऔषध मो.सा.सहित दुबै जनालाइ नियन्त्रणमा लई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

लागु औषध सहित मानिस पक्राउ
२०८०-०८-१८

१.       सप्तरी, मिति २०८०।०८।१७ गते अ. २१:०० बजेको समयमा  जिल्ला सप्तरी खडक न.पा.वडा न.५ खरचुहिया बजार स्थित ऐ.ऐ.बस्ने अं.वर्ष ४७ को सम्पतलाल चौधरीले आफ्नो किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा जानकारी प्राप्त हुना साथ अ.प्र.पोष्ट खरचुहियाबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का.कडरबोना सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलि खटी गई सम्पतलाल चौधरीको किराना पसलमा खानतलासी गर्दा कालो रङगको प्लास्टिक भित्र कागजको ७३ पिस पुरिया र सोही झोला भित्र खुल्ला अवस्थामा रहेको पुरिया सहित जम्मा अं.५७० ग्राम तौल बराबरको गाँजा फेला परेकोमा गाँजा सहित निज सम्पतलाल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई.प्र.का.कडरबोना सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

फरार प्रतिवादि नियन्त्रणमा
२०८०-०८-१४

१.      रौतहट, मिति २०८०/०८/१३ गते अं.१९:०० बजेको समयमा जि.रौतहट गरुडा न.पा.५ स्थित शिवनगर बजारमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, (संसोधन सहित) २०६६ दफा ३ अन्तर्गतको कसुर (चालु) मुद्दाको फरार प्रतिवादि      जि.रौतहट गरुडा न.पा.६ बस्ने वसिर देवानको छोरा अं.वर्ष ३२ को रुसुब अख्तर र ऐ.गढिमाइ न.पा.६ बस्ने विधिचन यादवको छोरा अं.वर्ष २१ को मनोज कुमार यादव घुमफिर गरिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ ई.प्र.का. गरुडा रौतहटबाट प्र.नि. को कमाण्डमा टोली खटि गइ निजहरुलाई नियन्त्रणमा लिइ ई.प्र.का. गरुडामा ल्याई थप अनुसन्धान कार्य भइरहेको । २.      धनुषा, मिति २०८०।०८।१३ गते अ.१४:०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.१ बस्ने राम औतार दासको छोरा अं. वर्ष २७ को चन्देश्चर दासलाई सवारी ज्यान मुद्दामा मिति २०७७।०३।०८ गते सम्मानित धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेको निज प्रतिवादीलाई ई.प्र.का. भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि ई.प्र.का.ढल्केबरमा पठाईएको । ३.      धनुषा, मिति २०८०/०८/१३ गते अं. १७:०० बजेको समयमा जिल्ला धनुषा विदेह न.पा. ५ बस्ने कर्तब्य ज्यान सम्बन्धि चालु मुद्दाका फरार प्रतिवादि ऐ.ऐ. बस्ने बेचन मण्डलको छोरा अं. वर्ष ४४ को राम बहादुर मण्डललाई जि.प्र.का.धनुषाबाट प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले ऐ. ०५ जामुन चोकबाट नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याईएको ।४.      धनुषा, मिति २०८०/०८/१३ गते अं.१६:०० बजेको समयमा ई.प्र.का.वरहथवा सर्लाहीमा सञ्चालनमा रहेको ठगी सम्बन्धि चालु मुद्दाको फरार प्रतिवादी जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका १४ बस्ने प्रमोद यादवको छोरा अं.वर्ष २४ को सुमन यादवलाई व.प्र.का. मुजेलिया, धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.धनुषामा पठाईएको । ५.      सिरहा, मिति २०८०।०८।१३ गते १०:३० बजेको समयमा जिल्ला सिरहा मिर्चैया न.पा.६ स्थित ई.प्र.का. मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले ज.ज.क.उधोग (चालु) मुद्दाका फरार प्रतिवादी ऐ.ऐ. बस्ने सुर्यनाथ यादवको छोरा अं. बर्ष ३५ को ईन्दल यादवलाई निजकै गाउँबाट पक्राउ गरी आवश्यक कर्वाहीको लागि ई.प्र.का. मिर्चैयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको।  

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

१.      पर्सा, मिति २०८०।०८।१३ गते अं.१०:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.१६ रजत जयन्ति चोक स्थितमा प्र.चौ. ईनर्वा, पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलि तथा ला.औ.नियन्त्रण ब्युरो बिरगंजबाट खटिएको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.११ गोफिनटार बस्ने मनिनाथ फुयालको छोरा बर्ष ३४ को सोमनाथ फुयाललाई रोकि चेकजाँच गर्दा निजले आफ्नो कम्मरको भागमा लुकाई छिपाई ल्याएको अबस्थामा ला.औ. ONEREX-100 ML को बोतल १५ वटा फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।  २.      सिरहा, मिति २०८०।०८।१३ गते अं.२०:५० बजेको समयमा जिल्ला सिरहा लहान न.पा.१ लोकतन्त्र चोक स्थित ई.प्र.का. लहान सिरहाबाट प्र.ब.ह. को कमाण्डमा  खटिएको QRT प्रहरी टोलिले चेक प्‍वाईन्ट राखी चेकजाँच गर्ने क्रममा उत्तरबाट दक्षिण  तर्फ जाँदै गरेको पैदल यात्री जि. सिरहा लहान न.पा.११ बस्ने रोहित नारायण चौधरीको छोरा अ. बर्ष ३२ को संजय चौधरीले लगाएको पाईन्टको गोजीबाट पँहेलो रङको प्लाष्टिक भित्र कालो प्लाष्टिकले बेरी राखेको खैरो रङको ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित वजन ७ ग्राम र प्लाष्टिक बाहेक  वजन ४ ग्राम फेला परेको र ऐ. बस्ने अमिरकन चौधरीको छोरा बर्ष २० को अभिशेख चौधरीको साथबाट सानो डिजिटल तराजु थान १ फेला परकोले उक्त लागू औषध र डिजिटल तराजु समेत बरामद गरी ला.औ. सहित दुवै जनालाई आवश्यक कार्वाहिको लागि ई.प्र.का. लहानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । 

बिल बिजक भन्दा बढी खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८०-०८-११

१.      पर्सा, मिति २०८०।०८।०८ गते अं. २३:३५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं.१४ गण्डक चौक स्थितमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सुचना संकलन टोलीले बिरगंजबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ३ ख. १००९ नं.को ६ चक्के ट्रक रोकी शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा बिल बिजक भन्दा बढी खुद्रा माल सामान लोड भएको हुदाँ उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जि.प्र.का.पर्सामा ल्याई राखेकोमा मिति २०८०।०८।०९ गते  उक्त ट्रक बाहेक ट्रक भित्र लोड रहेको माल सामानको मात्र अं. मुल्य रु. ४६,७६,७२४/- (छयालिस लाख छयहत्तर हजार नौ सय एकसट्ठी) बराबरको ट्रकमा लोड रहेको खुद्रा सामानहरु आवश्यक अनुसन्धान तथा कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको ।  २.      बारा, मिति २०८०/०८/१० गते अ २३:५० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.ना.पा.१ स्थित पथलैया चोक मा प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले विरगंजबाट काठमाडौँ तर्फ जाँदै गरेको ना २ ख ९७८६ न.को ट्रकलाई विशेष सुचनाको अधारमा रोकी चेकजाँच गर्दा विभिन्न किसिमको खुद्रा सामानहरू बजार मुल्य भन्दा कम मुल्याङ्कन गरी बिल बिजक भन्दा बढी रहेको अं. मुल्य रू. ५५,१६,९४६/- (पचपन्न लाख सोह्र हजार नौ सय छयालिस) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई प्रहरी चौकी पथलैयामा राखिएकोमा मिति २०८०।०८।११ गते आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको ।