ला.औ. सहित मानिस नियन्त्रण
२०७९-१०-१३
- A
- A-
- A+
आज मिति-२०७९।०१०।१२ गते अं.०८:०० बजेको समयमा जिल्ला महोत्तरी सम्सी गा.पा.६ स्थित जलेश्वर बर्दीवास सडक खण्डमा सम्सी चौक बाट गौशला तर्फ पैदल जादै गरेको जिल्ला महोत्तरी बर्दीवास न.पा.१४ बुद्धचोक बस्ने दिलिप परियारको छोरा अं.वर्ष १९ को ज्ञानेन्द्र परियारलाई यस चौकी बाट खटिएको प्रहरी टोलीले शंका लागि निजले पछाडि बोक्ने झोला भित्र कालो पलाष्टिकमा बेरी राखेको NITRAVET-10 टेवलेट ६० पिस र NITZACARE-10 लेखेको ट्यावलेट ५४ गरी जम्मा ११४ पिस फेला पारी निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक अनुसंधानको लागि यस चौकीमा ल्याई राखिएको ।