प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना तथा गाँजा बरामद ।

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

मितिः२०७९।१०।१२ गते अं. १८:०० बजेको समयमा जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. २ स्थित बर्दिबास सम्सी सडक खण्डमा  सम्सी तर्फ गईरहेको BR30Z 0794 नं. को मोटरसाईकलले सोही दिशा तर्फ गईरहेको मधेश प्रदेश -०२-००५ प ९४७२ नं. को Overtake गर्ने क्रममा ठक्कर दिई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ई.प्र.का. गौशाला महोत्तरीबाट प्रहरी टोली खटि गई उक्त दुर्घटना स्थलमा बाँया आँखा माथी र बाँया खुट्टामा चोट लागी घाईते अबस्थामा रहेका BR30Z 0794 नं. को मोटरसाईकल चालक जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ३ रघुनाथपुर बस्ने राजाराम राउतको छोरा बर्ष अं. २१ को नरेन्द्र कुमार पटेलले पछाडी भिरेको TOUGH लेखेको कालो रंगको ब्याग भित्र रातो रंगको प्लाष्टिकमा प्याक गरिएको अबस्थाको ५ केजि ५०० ग्राम तौलको लागु औषध गाँजाको पोका -१, त्यस्तै गरी उक्त BR30 Z 0794 नं. को मोटरसाईकलको बाया  तर्फको लेगगार्डमा झुण्याईएको जेब्रा झोला भित्र लुकाई छिपाई राखेको रातोरंगको प्लाष्टिकमा प्याक गरिएको १० केजि ८०० ग्राम तौलको प्रतिबन्धित गाँजाको पोका -२ गरी ३ वटा पोकामा जम्मा १६ केजि ३०० ग्राम लागु औषध गाँजा फेला परेको हुँदा उक्त लागु औषध (गाँजा)  बरामद गरी निज नरेन्द्र कुमार पटेललाई नियन्त्रणमा लिई निजको प्रहरी निगरानीमा स्थानीय अस्पतालमा उपचार भईरहेको, अबस्था मध्यम, बोल्न सक्ने,मधेश प्रदेश -०२-००५ प ९४७२ नं. को मोटरसाईकलमा सवार जिल्ला महोत्तरी गौशाला न.पा. वडा नं. ४ बस्ने अं. १८ को लब कुमार मण्डल र ऐ. वडा नं. २ बस्ने बर्ष १८ को आकाश कुमार महतोको अबस्था सामान्य, दुबै मो.सा. यस का. को नियन्त्रणमा रहेको, उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

सिरहा, औरही गाउँपालिका १ स्थितबाट लागु औषध Nitrazepam Tablets IP 10 mg नामक २ पत्तामा २० पिस ट्याब्लेट सहित  गोलबजार नगरपालिका १२ बस्ने कासिन्द्र मुखियाको छोरा बर्ष १७ को राकेश मुखिया, सोही स्थान बस्ने दुखरन मुखियाको छोरा बर्ष १८ को मनिष मुखिया र सुखिपुर नगरपालिका ६ जगिपुर बस्ने रामदेव रायको छोरा बर्ष २० को सोनेलाल रायलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा दरहैयाबाट हर्कटी तर्फ आँउदै गरेको म.प्र.०१-००५ प ०५१४ नम्बरको मोटरसाइकललाई शंका लागी चेक जाँज गर्दा मोटरसाइकलमा सवार निजहरुलाई उक्त लागु औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

बारा, आदर्शकोतवाल गाउँपालिका ४ हर्नैहिया चोकमा दुई वटा आँपको क्यारेट बेवारिसे अवस्थामा छ भन्ने खबर मिति २०८२-०३-२९ गते साँझ प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय  बारागढी र इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट संयुक्त प्रहरी टोलि खटिगई दुवै आँपको क्यारेट बरामद गरी चेक जाँच गर्दा लागु औषध १५०० सय पिस फेनार्गन, १५०० सय पिस नोर्फेन र १५०० सय पिस डाइजोपान गरी जम्मा ४५०० (चार हजार पाँच सय) पिस लागु औषध ईन्जेक्सन बरामद गरी प्रहरीले थप अनुसन्धान गर्दै जाने क्रममा मिति २०८२-०३-३० गते साँझ CCTV क्यामेरामा देखिएको फोटोमा नम्बर नखुलेको भारतीय मोटरसाइकलमा उक्त क्यारेट लोड भएको मोटरसाइकल चालकले रातो रंङगको भेस्ट लगाएको र लागु औषध बोकेको मोटरसाइकललाई  BR05AZ4572 नम्बरको कालो रातो रङको १५० सि.सि.को भारतीय नम्बरको पल्सर मोटरसाइकलले स्कटिङग गरेको फोटो समेत देखिएकोले निजहरुको खोजतलास गर्दै जाँदा मिति २०८२-०३-३१ गते साँझ CCTV क्यामेरामा देखिएको  फोटोमा भएको हुलिया अनुसार लागु औषध ओसारपसारमा संलग्न देखिएको देश भारत जिल्ला मोतिहारी ग्रामपञ्चायत बिजवनि बन्कटवा टोल बस्ने ईन्द्रजित रायको छोरा बर्ष २५ को बलिराम कुमार यादव र निजको भाई बर्ष १८ को कन्हैया यादव, सोही स्थान बस्ने रंगिलाल यादवको छोरा बर्ष २१ को वकिल कुमार यादवलाई BR05AZ4572  र BR05BC9501 नम्बरको कालो रातो कलरको १५० सि.सि.को दुई वटा पल्सर मोटरसाइकल सहित पचरौता नगरपालिका २ चतुरी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।