लागु औषध सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१७:०० बजेको समयमा जि.बारा कलैया उ.म.न.पा. १० मटिअर्वा स्थित नहर चौकमा प्र.चौ.मटिअर्वा बाराबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी चेकिङ्ग टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको निम्न स्थान बस्ने निम्न मानिसहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा नाईट्राभेट ५ चक्की फेला परेकोहुँदा निजहरुलाई नियन्त्रणमा लिई यस चौकीमा ल्याई राखिएको ।
१. जि.बारा कलैया उ.म.न.पा. ९ रामपुर बस्ने सकिलदेव मलीको छोरा अ.बर्ष १८ को संजित मली को साथबाट नाईट्राभेट ५ चक्की फेला परेको
२. ऐ ऐ वडा न. ७ बरेबा बस्ने किसुनदेब मलीको छोरा अ.बर्ष १८ को अनिल मली
पक्राउ परेका निम्न मानिस तथा ला.औ.हरु :-
१.जिल्ला सिरहा नवराजपुर गा.पा. २ मझौरा बस्ने भोगेन्द्र प्रसाद यादवको छोरा अं. वर्ष २३ को ओम प्रकाश यादवको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित २६.४३ ग्राम
२.ऐ.ऐ. बस्ने बिश्वर यादवको छोरा अं. वर्ष २५ को देव कुमार यादवको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित ५.६१ ग्राम
३.ऐ.ऐ. बस्ने रामकुमार यादवको छोरा वर्ष २२ को अमित कुमार यादव
४.ऐ.लहान न.पा. ५ बस्ने अजित मियाको छोरा अं. वर्ष २७ को चामु शेख
५.ऐ.लहान न.पा. १२ बस्ने लखन चौधरीको छोरा अं. वर्ष ५१ को मदन कुमार चौधरी
६.ऐ.ऐ. बस्ने हरि नारायण चौधरीको छोरा अं. वर्ष २३ को नसिब चौधरी
७.ऐ. लहान न.पा. १ बस्ने कासिन्द्र पासवानको छोरा अं. वर्ष १६ को कृष्ण पासवान
८.जिल्ला सप्तरी अर्ना न.पा. ५ बस्ने मुनिललाल पासवानको छोरा अं. वर्ष २३ को रमेश पासवान
९.ऐ.ऐ. बस्ने धनिलाल पासवानको छोरा अं. वर्ष २० को सुरेश कुमार पासवान
साथै बरामद गरीएको सामानहरु रेडमी मोबाईल ४ थान,भिभो मोबाईल १ थान, कलर्स मोबाईल १ थान,ईनफोस मोबाईल १ थान,ल्यापटप १ थान,तौल गर्ने मेसिन १ थान, पर्स १ थान ,स ९ प ६६१६,स १० प ४४५१, स २ प ८८३ नं.को पल्सर मो.सा. ३ थान, प्र.१-०५-००१ प ७३०१ नं.को स्कुटि १थान नगद रु.४,८८५ /-