लागु औषध सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१३:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ गोलचोक स्थितमा ऐ.ऐ.१२ बेतौना हरीपुर बस्ने बौवलाल सिंहको छोरा अं.बर्ष २७ को सुमित कुमार सिंहले अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ साथमा बोकी हिलडुल गरी रहेको छ भनि गोप्य सुचनाको आधारमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. राजु के.सी.को कमाण्डमा खटिएको गस्ती टोलीले निजलाई फेला पारी निजको शरीर कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको निलो रगंको कपडाको पाईन्टको दाहिने गोजीबाट सानो सानो सेतो प्लाष्टिकको पोका थान -२ र कालो प्लाष्टिकको पोका थान १ गरी जम्मा ३ पोका नेपालमा प्रतिवन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो तौल गर्दा प्लाष्टिक सहित १ ग्राम ४०० मिली ग्राम र प्लाष्टिक बाहेक १ ग्राम १०० मिली ग्रामर निजले लगाएको पाईन्टको बायाँ गोजीबाट ठुलो स्क्रिनटच मोवाईल थान १ र निजले लगाएको पाईन्टको पछाडीको गोजी बाट नेपाली नकक्ली नोट ६०,५६१४ नं.को रु.१,०००।– एक हजारको थान २ समेत फेला परेकोले निजलाई नियन्त्रणमा लिई ई.प्र.का. गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।