अवैध लागूऔषध ब्राउन सुगर सहित ९ जना मानिसहरु नियन्त्रणमा ।
२०७९-१०-१६
- A
- A-
- A+

मिति २०७९।१०।१४ गते अं. १७:३० बजेको समयमा जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. २ मझौरा टोल स्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाँझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलीले कानुन बमोजिम निजको घर खानतलासी गर्दा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन थान-१, मोबाईल थान-८, मोटरसाईकल थान-४ र नगद रु. ४,८८५।– समेत फेला पारी रितपुर्वक बरामद गरी निम्न स्थान बस्ने निम्न मानिसहरुलई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत, सिरहाबाट लागूऔषध मुद्दामा दिन ७(सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको ।
निम्न:-
१) जिल्ला सिरहा नवराजपुर गाउँपालिका वडा नं. २ मझौरा टोल बस्ने अं. बर्ष २३ को ओम प्रकाश यादव ।
२) ऐ.ऐ. बस्ने अं. बर्ष २२ को अमित कुमार यादव ।
३) ऐ.ऐ. बस्ने अं. बर्ष २५ को देवराम कुमार यादव ।
४) ऐ. लहान नगरपालिका वडा न. १२ बस्ने अं. बर्ष ५१ को मदन कुमार चौधरी ।
५) ऐ.ऐ. बस्ने अं. बर्ष २३ को नरसिंह चौधरी ।
६) ऐ. लहान नगरपालिका वडा नं. ५ बस्ने अ. वर्ष २७ को इरफान हुसेन ।
७) ऐ. लहान नगरपालिका वडा नं. १ बस्ने कासिन्दर पासमानको छोरा अं. बर्ष १९ को कृष्णा पासमान ।
८) जिल्ला सप्तरी शम्भूनाथ नगरपालिका वडा नं. १२ अर्नाह बस्ने अं. बर्ष २३ को रमेश पासमान ।
९) जिल्ला सप्तरी शम्भूनाथ नगरपालिका वडा नं. बस्ने अं. बर्ष २२ को सुरेश कुमार पासमान ।