ई.प्र.का. महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार भएका थुनुवा पक्राउ सम्बन्धमा ।
२०७९-१०-१८
- A
- A-
- A+
मिति २०७९।१०।१६ गते अं. ०३:३० बजेको समयमा ई.प्र.का. महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काई फरार भएका थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले व्यापक सर्च अपरेशन चलाई खोज तलास गर्दे जाने क्रममा फरार थुनुवाहरूमध्ये कुटपिट मुद्दाको थुनुवा जिल्ला धनुषा मिथिला न.पा. २ बस्ने अ. वर्ष २५ को हरदिप सिंहलाई मिति २०७९।१०।१८ गते पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको ।