भारी मात्रामा प्रतिबन्धित लागु औषध र गाडी सहित दुई जना मानिसहरू पक्राउ ।
२०७९-१०-२३
- A
- A-
- A+
पर्सा. मिति २०७९।१०।२२ गते अं.१२;०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा गाडीलाई रोकी कानूनी रीत पुर्याई जाँच गर्दा जि.पर्सा जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वा बस्ने बर्ष २० को अबु अयुव असरफ र जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२ छप्कैया बस्ने बर्ष २८ को ईजहार आलम उल्लेखित नम्बरको गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको हुँदा ना.२ च ७९०५ नम्बरको टाटा सुमो भिक्टा, उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ थप अनुसन्धान कार्य भैरहेको ।