प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित लागु औषध र ट्रक सहित तिन जना मानिसहरू पक्राउ ।

२०७९-१०-२५

  • A
  • A-
  • A+
Share

            पर्सा,मिति २०७९।१०।२४ गते अं.१८;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई चेकजाँच गर्ने क्रममा  प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक गाडीलाई  रोकी कानूनी रीत पुर्‍याई जाँच गर्दा जि.मकवानपुर हेटौडा उ. म.न.पा.वडा नं.९ बस्ने बर्ष ४२ को निर्मल पौडेल (चालक), जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने वर्ष ४० को रमेश थापा  र जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने बर्ष २९ को सुदर्शन खड्काले उल्लेखित नम्बरको ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को १६६ बोत्तल र Codiwell Cough syrup ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल फेला परेको हुँदा प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक र उल्लेखित परिमाणको लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ जि.प्र.का.पर्सामा ल्याइ  थप अनुसन्धान कार्य भैरहेको  

सम्बन्धित समाचार
लागु औषध र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

सर्लाही, मिति २०८०।०६।०९ अं. ०५:४५ बजेको समयमा जि.सर्लाही बलरा न.पा. ७ स्थित  मधुबनी बरहथवा सडक खण्डमा ई.प्र.का. गडहिया सर्लाहीबाट प्र.स.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले डुमरियाबाट रोहुवा तर्फ जाँदै गरेको BR30H8326 नं. को मो.सा.लाई चेक जाँच गर्दा उक्त मो.सा. चालक र पछाडी सवार  निम्न स्थान बस्ने  निम्न ला.औ. फेला पारी नियन्त्रणमा लिई ला.औ.र मो.सा. सहित  ३ जना मानिसहरुलाई ई.प्र.का. गडहिया सर्लाहीमा ल्याई राखिएको ।निम्न:१) मो.सा. चालक ऐ.ऐ. बस्ने अं. वर्ष २४ को अंकित सिंहको साथबाट केही फेला नपरेको ।२) सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष २१ को सौरभ महराको साथबाट नाइट्रोजेपाम ८ पिस र १ सानो पुरिया गाँजा फेला परेको । ३)  सोही मो.सा. मा पछाडी सवार ऐ.ऐ. बस्ने अं. वर्ष ३० को सुमित रंजन सिंहको साथबाट १ सानो पुरिया गांजा फेला परेको ।

भन्सार छलीका सामान पक्राउ
२०८०-०६-१०

१.      सिरहा, मिति २०८०।०६।०९ गते अं. २०:०० बजेको समयमा जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चोक देखि पश्‍चिम सडकको किनारमा बोरामा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको खुद्रा सामानहरु अं. मु. रू. ३,८७,६५०/- (तीन लाख सतासी हजार छ सय पचास) बराबरको सामानहरु तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र ई.प्र.का. मिर्चैयाबाट QRT प्र.ह. को कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी रित पुर्वक बरामद गरी ई.प्र.का. मिर्चैयामा ल्याई राखेको ।  २.      सिरहा, मिति २०८०।०६।०९ गते अं.१०:३० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित पूर्व पश्चिम लोकमार्गमा ई.प्र.का. गोलबजार सिरहाबाट प्र.नि. को कमाण्डमा सशस्त्र प्रहरी समेतको संयुक्त टोलीले चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मो.सा. रोक्न खोज्दा मो.सा.र झोला छाडी मो.सा.चालक भागी फरार भएकोले तत्काल झोला सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा झोला भित्र भन्सार छली ल्याएको निम्न मुल्य बराबरको मोवाईल थान -१८ र उक्त मो.सा.समेत नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस गोलबजार मार्फत उक्त समान भन्सार पठाउने कार्य भईरहेको ।निम्न सामानहरुः-१. रेडमी मोवाईल 12C-४ थानको प्रतिगोटा १४,०००।–को दरले अं.मु.रु.५६,०००।–२. रेडमी मोवाईल A2-१० थानको प्रतिगोटा १२,०००।– को दरले अं.मु.रु.१,२०,०००।–३. स्मार्ट मोवाईल HD-४ थानको प्रतिगोटा १४,५००।– को दरले अं.मु.रु.५८,०००।– ४. नम्बर पलेट नभएको यामाहा कम्पनिको MT 15,च्यासिस नं.-MEIRG6866P0006797, ईन्जिन नं.-G3N4E0512176 को मो.सा.को अं.मु.रु.२,५०,०००।–  गरी जम्मा अं.मु.रु.४,८४,०००।–

युरिया मल नियन्त्रणमा
२०८०-०६-०९

सर्लाही, मिति २०८०।०६।०८ गते अ. १६:४५ बजे जिल्ला सर्लाही हरिवन न.पा. ११ स्थितमा रहेको सानिमा बैंक अगाडि खाली जग्गामा ना ३ च ८०२९ नं. को बलेरो पिकअप गाडीमा भन्सार छली चोरी निकासी, पैठारी गरी ल्याएको युरिया मल छ भन्ने बिशेष सुचनाको आधारमा ई.प्र.का. हरिवन सर्लाहीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली ऐ. १७:०० बजे उक्त स्थानमा पुगि हेर्दा उक्त गाडीमा (प्रति बोरा ४५ के.जि.) को दरले ५१ बोरा युरिया मल फेला परेकोले उक्त नम्बरको गाडी र मलधनी जिल्ला रौतहट चन्द्रपुर न.पा. ६ बस्ने अं. वर्ष ४८ को राज किशोर साह समेतलाई नियन्त्रणमा लिई थप अनसन्धान कार्य भई रहेको, गाडी चालक फरार रहेको ।