ला.औ. सहित मानिस नियन्त्रणमा ।
२०७९-१०-२६
- A
- A-
- A+

पर्सा, मिति २०७९।१०।२५ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सावाट खटिएको चेकिङ् टोलीले दक्षिणवाट उत्तर तर्फ आउँदै गरेको जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं. ४ बस्ने राम बाबु साह कलवारको छोरा अ. वर्ष १९ को निरज कुमार साह माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट पेपरमा बेरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो २ पुरिया फेला पारी आवश्यक कारवाहीको लागि व.प्र.का बिर्तामा ल्याई बुझाएको । मिति २०७९।१०।२५ गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडकमा प्रहरी चौकी ईनर्वा पर्सावाट खटिएको चेकिङ् टोलीले दक्षिणवाट उत्तर तर्फ आउँदै गरेको जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १४ बस्ने सिताराम घलानको छोरा अ. वर्ष २८ को अशिष कुमार घलान र ऐ.ऐ. बस्ने थर्क बहादुर पौडेलको छोरा वर्ष २२ को बिशाल पौडेलको साथबाट Noophin-१२ एम्पुल, Phenargan-१२ एम्पुल र Diazepam-१२ एम्पुल लागु औषध फेला पारी ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का.बिर्तामा ल्याई बुझाएको। र मिति २०७९।१०।२५ गते अ.१०;३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ बसपार्क स्थितमा प्र.चौ.बसपार्क चौकीबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जि.नुवाकोट बिदुर न.पा. वडा नं. ९ बस्ने भिम बहादुरको छोरा अ. बर्ष २७ को रमेश नेपाली माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोभेट ट्याब्लेट-३००पिस, नुर्फिन-१० एम्पुल, फेनारगन-१० एम्पुल र डाईजेपाम-१० एम्पुल ला.औ. फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुरमा पठाएको छ ।