ला.औ. सहित मानिस नियन्त्रण
२०७९-१०-२९
- A
- A-
- A+
१. बारा, मिति२०७९।१०।२८गते अं.२०;३०जेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.८पुरानो कचोर्वामा प्रहरी चौकी कर्चावा बाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले कचोर्वा तर्फ आउँदै गरेको ना.४४.प १६११ नं.को मो.सा. शंका लागि चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.९ बस्ने अजिम खानको छोरा बर्ष अं.२५ को रियाज खानसँग नाईट्रोभेट टेब्लेट १ पत्तामा १३पिस बाँकी रहेको टेब्लेट फेला पारी मो.सा.सहित नियन्त्रणमा लिई आवस्यक कारबाहीको लागि तालुक ई.प्र.का.सिम्रौनगढ बारामा पठाईएको ।
२. पर्सा, मिति २०७९।१०।२८ गते अ. २०;५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ शंकरचार्य गेट स्थित सडक खण्डमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री जि.पर्सा बिरगंज म.न.पा. वडा नं. ९ रानिघाट बस्ने रामनरेश साह सोनारको छोरा अ. बर्ष १९ को सुनिल सराफ माथी शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोभेट-१० लेखिएको ट्याब्लेट- २१ पिस फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सा ल्याई बुझाएको ।