ला.औ.सहित मानिस नियन्त्रण ।
२०७९-११-०२
- A
- A-
- A+
१. सप्तरी,मिति २०७९।११।०१ गते अं. १७:०० बजेको समयमा जिल्ला सप्तरी
बलान बिहुल गा.पा. २ डिहवार वावाथान स्थितमा प्रहरी
चौकी
मौवाहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले शंका लागि ऐ.ऐ. बस्ने धर्म देव
पासवानको छोरा अं. वर्ष २७ को ईन्द्रजित पासवानलाई चेकजाँच गर्दा निजको पाईन्टको
दाहिने पट्टीको गोजिबाट WEXCARE ३ वटा ट्याबलेट, फेनारगन ईन्जेकशन २ थान एम्पुल, लुपिजेक्स ईन्जेकशन २ थान एम्पुल र अं. १५ ग्राम गाँजा सहित
निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का.कडरबोना सप्तरीमा ल्याई
राखिएको ।
२. पर्सा,मिति २०७९।१०।२९ गते अं.१९;४० बजेको समयमा
बि.ओ.पी.सुवर्णपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले जि.पर्सा ठोरी
गा.पा.४ गोपीबस्ती स्थित सिमा ईलाकामा ३ जना मानिसहरुले नेपालबाट भारत तर्फ
पिठ्युमा बोरा बोकी लादै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीलाई देखी उक्त बोराहरु
सोही स्थानमा छाडी भागी फरार भएको हुँदा उक्त बोराहरु खानतलासी गर्दा ला.औ.गाँजा
अं.४८ किलो (९ पोका) फेला पारी बरामद गरी आवश्यक कार्वाहीको लागी मिति २०७९।११।०१
गते अं.११;०० बजेको समयमा
ई.प्र.का.ठोरी पर्सामा ल्याई बुझाएको ।