ला.औ. सहित मानिस नियन्त्रणमा
२०७९-११-०४
- A
- A-
- A+
१. सिरहा,मिति २०७९।११।०३ गते अं. १७;३० बजेको समयमा जिल्ला सिरहा बरियारट्टी गा.पा.३ दुर्गा मन्दिर स्थित ई.प्र.का.बरियारपट्टी सिरहाबाट प्र.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले दक्षिणबाट उत्तर जिरोमाईल तर्फ जादै गरेको स १ ह ३१७३ नं.को अटो रोकी चेकजाँच गर्दा अटोमा सवार ऐ.ऐ.३ लकटोली बस्ने ध्यानि रामको छोरा वर्ष १८ को रबिन कुमार रामले लगाएको ज्याकेटको गोजी बाट ला.औ. नाईटोभेट (१०लेखिएको) २ पता २८ पिस ट्याबलेट (२ पिस सेवन गरी सकेको) फेला परेको र निज सगै अटोमा सवार जिल्ला सिरहा घनगढीमाई न.पा.९ मुसहर्निया बस्ने सुर्य ब.कामिको छोरा अं.वर्ष १९ को साहिल बिश्वकर्मा समेतलाई नियन्त्रणमा लिई अनुशन्धान कार्य भई भई रहेको ।
साथै, मिति २०७९।११।०३ गते अं.१९:१५ बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ ठाडि चोक स्थित ई.प्र.का.लहानबाट खटिएको पिकेट टोलिले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको पैदल यात्री ऐ.ऐ.३ दिबारथान बस्ने नन्दलाल साहको छोरा अं.बर्ष १९ को रोहित कुमार साहलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट सेतो प्लाष्टिकको झोला भित्र ला.औ.नाईट्राभेट १० लेखिएको ७ पत्ता १०५ पिस ट्याबलेट फेला परेको हुदा ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.लहानमा ल्याई राखिएको,अन्य अनुसन्धान कार्य भईरहेको ।
२. पर्सा, मिति २०७९।११।०३ गते अं.१९;३० बजेको समयमा जि.पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ बसपार्क स्थितमा रहेको डाफे होटलबाट जि.प्र.का.पर्साबाट खटिएको सुचना संकलन टोलीले गोप्य सुचनाको आधारमा जि.धादिङ गजुरी न.पा.-३ बस्ने किताब तमाङको छोरा वर्ष २० को अजय तामाङ, जि.सर्लाही लालबन्दी न.पा.-८ बस्ने अलि हुसेनको छोरा वर्ष १९ को राजु मन्सुरी, ऐ.ऐ.-७ बस्ने टेक ब.राना मगरको छोरा वर्ष २० को राजु राना मगर र ऐ.ऐ.-८ बस्ने बिर ब.मोक्तानको छोरा वर्ष १९ को विशाल मोक्तानहरु सँग ला.औ.डाईजेपाम ५० म्पुल, नुर्फिन ५० एम्पुल र फेनार्गन ५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि..प्र.का.पर्सामा ल्याई अनुसन्धान कार्य भईरहेको ।