प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ला.औ. सहित मानिस नियन्त्रणमा

२०७९-११-१७

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०७९/११/१६ गते अं.२०;०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.२ जटही चेक प्वाइन्ट स्थितमा ई.प्र.का.लग्मा जटही धनुषाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट जनकपुर तर्फ आउदै गरेको पैदल यात्री जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ बस्ने विश्वजित कुमार राउतलाई चेकजाँच गर्दा निजले लगाएको ज्याकेटको खल्तीभित्र  नाइट्रोभेट टेन ४पिस र exiplon ४ बोतल(१००ml)निजको साथबाट फेला परेकोले उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई  आवश्यक कारवाहीको लागी जि.प्र.का. धनुषामा ल्याई राखिएको ।

२.      रौतहट, मिति २०७९।११।१६ गते अं. १७;३०  बजेको समयमा जि. रौतहट गौर न.पा. ६ बसपार्क स्थित अ.प्र.पोष्ट,बसपार्कबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री जि. रौतहट गरुडा न.पा. ९ बिर्ता बस्ने लाल मोहमद आलमको छोरा अं. बर्ष २२ को नाजिर आलमको साथबाट गाजा अं. २५ ग्राम र नाईट्रेजामपाम ४ पता ( ५९ पिस ) फेला परेकोले उक्त लागु औषध सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धानको लागी जि.प्र.का. रौतहटमा पठाईएको ।

३.      बारा, मिति २०७९/११/१६ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.१ कल्याणपुर  सिमा स्थितमा बि.ओ.पि. मातहत एफ.ओ.बि. छतबाबाट खटिएका स.प्र.ना.नि.  र सिमा प्रहरी चौकी छतबा बाराबाट खटिएको सयुक्त टोलिले चेकजाच गर्ने क्रममा  भारतबाट  नेपाल तर्फ पैदल यात्रि जि. मोतिहारि नगरदेहि ग्राम पंचायतहरपुर  भकुराहि ११ बस्ने बर्ष अं २७ को सहजाद अंसारिलाई चेकजाँच गर्दा  प्रतिबन्धित लागुऔषध NOOPHIN-72 पिस, DIAZEPAM-70  पिस, PHENERGAN-71 पिस, र mobile  थान १सहित व्याक्ति नियन्त्रणमा लिई  ई.प्र.का प्रसौनिमा बुझाएको ।

४.      पर्सा, मिति २०७९।११।१६ गते अं. १ बजेको समयमा जि.प्र.का.पर्सा तथा मातहत समेतको वडा एरिया बाट बिभिन्न शिर्षकमा मुद्धा दर्ता भई फरार  रहेका १२ जना फरार प्रतिबादीहरु लाई जि.प्र.का.पर्सा तथा मातहत बाट पक्राउ गरी आबश्यक कारबाही भई रहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलीको समान सहित ट्रक नियन्त्रणमा
२०८२-१०-२७

१.      पर्सा, बिरगंज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल बिजक भन्दा बढि भएको ) खुद्रा सामानहरु गरी अन्दाजि मुल्य रु. २,८३,००,०००।- (दुई करोड तिरासी लाख ) बराबरको समान सहित म.प्र.०३-००२ ख ४३४१ र म.प्र.०३-००२ ख ४४६३ नम्बरको दुई वटै ट्रक आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । लिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलिले बिरगंजबाट पथलैया तर्फ जादै गरेको उक्त ट्रकहरुलाई चेकजाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२६

१.      सप्तरी, बलान बिहुल गाउँपालिका- ४ बेल्ही-चन्ही सडक खण्डबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.१३,००,०००।– (अक्षरेपी तेह्र लाख ), प्रदेश २-०१-००२ प ४४८१ नम्वरको मोटरसाइकल सहित १ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा भगवानपुर गाउँपालिका-४ बस्ने  बिजय कुमार साहको छोरा अन्दाजि बर्ष २३ को  हरीशंकर कुमार साह रहेको छ । प्रहरी  चौकी बेल्ही सप्तरीबाट खटिएको प्रहरी चेकिङ् टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को १२०० थान, रु.५०० को २०० थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-१०-२५

१.      रौतहट, गौर नगरपालिका वडा नं. ०३ अदालत अगाडी सडक खण्ड बाटो स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु.४,९९०००।– (अक्षरेपी चार लाख उनानसय हजार), BR 30 U 7247 नम्वरको मोटरसाइकल सहित गौर नगरपालिका-०१ बस्ने अन्दाजि वर्ष ४४ को राकेश प्रसादलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ् टोलिले गौर भन्सार कार्यालयबाट बि.पि.चोक तर्फ आउदै गरेको उक्त मोटतसाइकल माथि शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्दा स्रोत नखुलेको नेपाली रकम रु.१००० को २९९ थान, रु.५०० को ४०० थान गरी माथी उल्लेखित जम्मा रकम फेला पारी स्रोत नखुलेको रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।