गाँजा बरामद गर्दा १ राउन्ड फायर
२०७९-१२-०५
- A
- A-
- A+
सप्तरी,
मिति२०७९।१२।०४ गते , बिशेष सुराकीको
आधारमा इ.प्र.का.हनुमाननगर सप्तरीबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जना प्रहरी टोलिले गस्ति गर्दै जादा जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा.१३ गोवरगाडा
छतौनी एरियाबाट २ वटा घोडामा अं.१.५ क्वीन्टल गाँजा भारत तर्फ लादै गरेको अवस्थामा
प्रहरी टोलिलाई देखि घोडा,गाँजा छोडी मानिस तत्काल फरार भएकोमा २ वटा घोडा,गाँजा
बरामद गरेकोमा उक्त गाँजा खोस्न आउने अज्ञात समुहबाट बच्नका लागी प्रहरी टोलिले
ठूलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी, बरामद घोडा
र गाँजा नियन्त्रणमा लिई आवश्यक कार्यवहीको लागी इ.प्र.का.हनुमाननगरमा ल्याई राखेको
।