प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रण

२०७९-१२-०६

  • A
  • A-
  • A+
Share

१.       सिरहा, मिति २०७९।१२।०५ गते, अं. ५० ग्राम गाँजा  लागुऔषध सहित १ जना मानिस नियन्त्रणमा लिई जि.प्र.का. सिरहातर्फ पठाईएको ।

२.       धनुषा, मिति २०७९।१२।०५ गते, Exiplon (एकझिप्लान) 100ml को ९८ बोतल र Nitzacre (नाईट्राजेपाम) ७३ पता  ७३० पिस  लागुऔषध सहित १ जना मानिस नियन्त्रणमा लिई ई.प्र.का.ढल्केवर,धनुषामा ल्याई राखेको ।

३.       सर्लाही, मिति २०७९।१२।०५ गते, ४ के.जि. ला.औ. गाँजा र भारतीय रु. १२,००० ।- नगद सहित १ जना मानिस नियन्त्रणमा लिई ई.प्र.का. फेन्हरा सर्लाहीमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण
२०८०-०२-१९

१.      सर्लाही, मिति २०८०।०२।१८ गते अं. १८:४५ बजेको समयमा विशेष सुराकीको सुचनाको अधारमा जि.प्र.का. सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटि गई जि. सर्लाही मलंगवा न.पा. ८ स्थित प्र.चौ. गोरखकाली नजिकै मलंगवाबाट भारत सोनवर्षा तर्फ जाँदै गरेको बा ३० प ६३१३ र बा ९१ प १३२५ नं. को मो.सा. हरुलाई  शंका लागि मो.सा. मा सवार गरि आएका निम्न व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा भा.रु. २,५०,०००/- र नेपाली रु. १,७०,०००/- श्रोत नखुलेको रकम फेला पारी बरामद गरि निम्न स्थान बस्ने निम्न मानिसहरु, श्रोत नखुलेको नगद र दुवै मो.सा. सहित नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको ।निम्न:१) जि. सर्लाही हरिवन न.पा. २ बस्ने खड्क बहादुर कार्कीको छोरा अं. वर्ष २३ को ईन्द्र बहादुर कार्की ।२) ऐ.ऐ. बस्ने गणेश बहादुर दर्लामीको छोर अं. वर्ष २८ को कमल दर्लामी ।३) ऐ.ऐ. बस्ने गोबिन्द तामाङको छोरा अं. वर्ष ३४ संजिब तामाङ ।४) ऐ.ऐ. बस्ने शेर बहादुर दर्लामीको छोरा अं. वर्ष २५ को लेख बहादुर दर्लामी ५) ऐ. लालबन्दी न.पा. १ नवलपुर घर भई हाल ईश्वरपुर न.पा. ८ बयलबास बस्ने एआजुल साहको छोरा मलंगवा बाबा अटो सर्भिस (मलंगवा न.पा. ८) बस्ने अं. वर्ष ३१ को नुरहसन साह 

लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-१९

महोत्तरी, मिति २०८०/०२/१८ गते अं. १६:०० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. १ भोलाबसन्त चोक स्थितमा ई.प्र.का. बर्दिबास, महोत्तरीबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट टोलिले पैदलयात्री जि. काठमाण्डौ म.न.पा. ३२ पुतली सडक बस्ने राम बहादुर श्रेष्ठको छोरा बर्ष अं.३९ को कबिन श्रेष्ठलाई शंकालागी चेकजाँच गर्ने क्रममा निजले पछाडि भिरेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको निम्न परिमाणमा रहेको अबैध ला.औ. फेला पारी मानिस तथा ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबासमा ल्याई अन्य थप अनुसन्धान कार्य भइरहेको ।निम्नः-१)     डाईजेपाम- ४९ एम्पुल ।२)     नोर्फिन- ४९ एम्पुल ।३)     प्रोमोथाईजिन- ४८ एम्पुल  गरी जम्मा १४६ एम्पुल रहेको ।४)     स्पास प्लस- ८ ट्याबलेट ।५)     सिरिन्च- थान ३ । ६)     नेपाली रु.१०० को २४ वटा नोट गरी रु.२,४००।- र नेपाली रु.५० को २६ वटा नोट गरी रु.१,३००।- ।

भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०२-१९

१.      धनुषा, मिति २०८०/०२/१८ गते अं.२१:४५ बजेको समयमा जिल्ला धनुषा विदेह न.पा.२ दुहबी स्थितमा ज.९प.७७२५ नं.को मो.सा.मा  सर्ट पाईन्ट कपडा ६१ सेट बोकी भारतबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. दुहबी धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखि उक्त कपडा फाली मानिस फरार भएकोमा उक्त कपडा ६१ सेटको अं.मु. रू.६१,०००/-  र मो.सा.को अं.मु. रू.४०,०००/- गरी जम्मा अं. मु. रू.१,०१,०००/-(एक लाख एक हजार) बराबरको सामान नियन्त्रणमा लिई ई.प्र.का. दुहबी धनुषामा ल्याई राखिएको । २.      धनुषा, मिति २०८०/०२/१८ गते अं. ०४:२० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ कदम चौक स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको  ज ३.प.८७९२ न.को मो.सा.चालकले प्रहरी टोलीलाई देखी तिब्र गतिमा भाग्ने क्रममा पैदल यात्री जिल्ला धनुषा ज.उ.म.न.पा.२ बस्ने महेन्द्र साहको श्रीमती अं.वर्ष ६० की अनिता देवी साहलाई ठक्कर दिंदा अनुहारमा चोटलागी घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको अवस्था सामान्य, उक्त ज. ३ प. ८७९२ नं.को मो.सा. र मो.सा.मा बोकी ल्याएको भन्सार छलीको अवैध माल सामान कपडा अं. रु.२,३०,०००/- र मो.सा. अं. मुल्य रु. २०,०००/– जम्मा अं. मुल्य रु. २,५०,०००/- बराबरको सामान सहित नियन्त्रणमा लिएको, मो.सा. चालक फरार खोजतलास भईरहेको उक्त स्थानमा प्र.चौ. कपिलेश्वर धनुषाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ।३.      पर्सा, मिति २०८०।०२।१७ गते ०८:३० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १५ भिष्वा स्थितमा बिशेष सुचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको सुचना संकलनको टोलीले ऐ. बस्ने लालबाबु साहको घरमा डेरा गरी बस्ने नाम, थर, वतन नखुलेको व्यक्तिले भन्सार छली चोरी पैठारी गरी ल्याएको काजु-१८ कार्टुन, पानीपुरी-३० कार्टुन, ल्वाङ-७२ के.जि., जिरा धुलो-६० के.जी., मरिच-२१ के.जी. गरी अं. रू. २,००,०००/- (दुई लाख) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मिति २०८०।०२।१८ गते भन्सार कार्यालयमा बुझाएको । ४.      पर्सा, मिति २०८०।०२।१८ गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. ६ माईस्थान मन्दिर पछाडिबाट भन्सार चोरी पैठारी गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको निम्न रेडिमेड कपडाहरु अं. मुल्य रु २,५०,०००/- (दुई लाख पचास हजार) बराबरको पक्राउ गरी व.प्र.का. विर्ता, पर्सामा ल्याइएको । निम्नः- #  रेडिमेट पेन्ट -५८ पिस  # रेडिमेट भेष्ट-२७५ पिस   # रेडिमेट सर्ट -४० पिस 

फरार प्रतिवादी पक्राउ
२०८०-०२-१९

१.      पर्सा, मिति २०८०।०२।१८ गते जि.प्र.का. पर्सा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. तथा पर्सा जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।निम्नः- सि.न. पक्राउ गर्ने युनिट प्रतिवादीको नाम, थर ठेगाना बुवाको नाम मुद्धा शिर्षक लागत नं. कैद जरिवाना १ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - कुटपिट लुटपिट ६४२ - रु.१०।- २ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - जालसाजी ६५५ - रु.१०।- ३ व.प्र.का.श्रीपुर पुनम सिंह जि.पर्सा बि.म.न.पा.वडा नं.१२ - जालसाजी ६५६ - रु.१०।- ४ व.प्र.का.बिर्ता राधा कार्की वीरगञ्ज-४   जुवा १२२४   ३००/- ५ व.प्र.का.बिर्ता उषा देवी सुवेदी वीरगञ्ज-६, पर्सा   जालसाजी १५४९   २००/- ६ व.प्र.का.बिर्ता वसिरुदिन अन्सारी वीरगञ्ज-३, पर्सा   जालसाजी १५७२   ५/- ७ व.प्र.का.बिर्ता वसिरुदिन अन्सारी वीरगञ्ज-३, पर्सा   जालसाजी १५४६   ५/- ८ व.प्र.का.बिर्ता सविता देवी कलवार वी.उ.म.न.पा.-८ पर्सा   जालसाजी २७३   २००/- ९ ई.प्र.का नगवा  जोखन राउत बि.उ.म.न.पा वडा १९   जालसाजि २१२२   ५२०/- १० अ.प्र.पो. सुर्जहाकट्टी छोरासरोज कुमार गुप्ता भन्ने सरोज प्रसाद कलवार । कालिकामाई गा.पा. वडा नं.४   लुटपिट १८२५   रु.३६०   २.      बारा, मिति २०८०/०२/१८ गते अं.१३:४० बजेको समयमा अ.प्र.पोष्ट डमरवानाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले जि.बारा जितपरसिमरा उ.म.न.पा.१६ लामिडाँडा बस्ने बालगोविन्द हजराको छोरा अं. वर्ष २२ को सुरज पासवान, वन मुद्दा फरार प्रतिवादी लागत-३३१८ र जरिवाना रु. १९६५/- भएकोलाई निजकै घरबाट नियन्त्रणमा लिई ई.प्र.का सिमारामा बुझाईएको ।  ३.      रौतहट, मिति २०८०/०२/१८ गते अं.११:०० बजेको समयमा जि.रौतहट बौधिमाई न.पा.१ बौधा बस्ने चोरी मुद्दामा प्रयोग हुने औजार लिइ हिंडेको कसुर मुद्दाका फरार प्रतिवादि दहाउर साह कल्वारको छोरा अं.वर्ष २५ को श्यामसुन्दर जैसवाल आफ्नै गाँउ घरमा लुकिछिपि बसेको छ भन्ने खबर गोप्य सूचनाको आधारमा ई.प्र.का. गरुडा रौतहटमा प्राप्तहुना साथ ई.प्र.का. गरुडा तथा इ.प्र.का.कोपवापिपरियाबाट खटि गएको संयुक्त टोलिले घर नजिकै रहेको बजारबाट नियन्त्रणमा लिइ ई.प्र.का. गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भइरहेको । ४.      सर्लाही, मिति २०८०।०२।१८ गते १४:०० बजेको समयमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ई.प्र.का. केशरगंज सर्लाहीको संयुक्त टोलीले नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाडौंको च.नं. १०९५५, २०८०।०२।१७ गतेको पत्रादेशानुसार मिति २०७०/०६/२९ गते अं.०९:५० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा. वडा नं.१० बगाहा खोलाको पुल मुनी जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.बि.स. वाड नं. ५ घर भई हाल जिल्ला नवलपरासी आदर्श गा.बि.स. वाड नं. २ बस्ने तुल बहादुर परियारको छोरी बर्ष २५ की कल्पना परियार मृत अवस्थामा फेला परेको र सो घटनामा संलग्न जिल्ला सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्ति बयलवास बस्ने बर्ष ४० को नरेश चौधरी आफ्नो वडा एरियामा लुकि छिपी बसेको छ भन्ने सुचनाको आधारमा निज प्रतिवादी नरेश चौधरीलाई खोज तलास गर्ने क्रममा सर्लाही ईश्वरपुर न.पा. वडा नं. ८ चौधरी बस्ती बयलवासबाट पक्राउ गरी अनुसन्धानको लागी प्र.स.नि. वशिम राजा र प्र.ह. नर बहादुर थापाको जिम्मा लगाई  ई.प्र.का मिर्चेया सिराहा पठाईएको । ५.      सिरहा, मिति २०८०।०२।१८ गते अं. ११:०५ बजेको समयमा प्र.चौ. खिरौना सिरहाबाट प्र. स. नि. को कमाण्डमा खटिएको टोलीले सम्मानित जिल्ला अदालत सिरहाबाट मिति २०७१।०७।१९ गतेको फैसला अनुसार क्रम संख्या ३७४२ , लागत न. ६८४० लेनदेन मुद्दामा रु. २०,०००/– जरिवाना तोकि फरार रहेका प्रतिवादी जिल्ला सिरहा सिरहा  न.पा. १५ बुधौरा बस्ने शिवनाथ यादवको छोरा वर्ष ५५ को फनिलाल यादवलाई निजकै घर, वतनबाट पक्राउ गरी आवश्यक कार्वाहिको लागि जिल्ला अदालत सिरहामा दाखिला गराएको ।  ६.      सप्तरी, मिति २०८०।०२।१८ गते अं. ०८:३० बजे अ.प्र.पो. राजदेवी राजबिराज सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई जालसाज मुद्दाको जरिवाना ३,७५०००/– (तिन लाख पच्हत्तर हजार) तोकिएको फरार प्रतिवादि जिल्ला सप्तरी राजबिराज न. पा. १ डुमरी बस्ने अं.बर्ष ५० को एकनाथ यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. सप्तरीमा बुझाएको । 

अवैध मदिरा नियन्त्रणमा लिएको
२०८०-०२-१८

१.      धनुषा, मिति २०८०।०२।१७ गते अं. १९:४५ बजेको समयमा जि.धनुषा जनकनन्दनी गा.पा. वडा नं. १ कमला खोला स्थित प्र.चौ. ईनर्वा धनुषाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिलाई देखि नेपालबाट भारत तर्फ जाँदै गरेको स.४ प. ४४१३ नं. र BR 32 v 8861 नं.को मो.सा.हरुमा सोफि रक्सि बोकि गईरहेको अवस्थामा उक्त गस्ति टोलिलाई देखि सोहि स्थानमा मो.सा.हरु र रक्सि छाडि भारत तर्फ भागेकोमा उक्त मो.सा.हरु र रक्सि नियन्त्रणमा लिई प्रहरी चौकी ईनर्वा धनुषामा राखिएको उक्त रक्सिको अं.रु. ५०,०००/– र मो.सा.हरुको अं.रु २,१५०००/- (दुई लाख पन्ध्र हजार) गरि जम्मा रु.२,६५०००/- रहेको ।