लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२२
- A
- A-
- A+
१.
पर्सा, मिति २०७९।१२।२१ गते अं. १९;२० बजेको
समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वा पर्साबाट
खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंजबाट खटिएको
संयुक्त चेकिङ टोलिले भारतको रक्सौलबाट बिरगंज तर्फ आउँदै गरेको पैदल यात्रीलाई
शंकालागी चेकजाँच गर्ने क्रममा जि. चितवन भरतपुर म.न.पा. १६ मंगलपुर बस्ने संदिप
बि.क.को छोरा बर्ष अं. २९ को शंकर बिश्वकर्माले कालो प्लाष्टिकमा लुकाई छिपाई
ल्याएको फेनारगण ९ एम्पुल, डाईजेपाम-७, नुरफिन - ७ एम्पुल गरी जम्मा २३ एम्पुल
सहित निजलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी वडा प्रहरी कार्यालय बिर्तामा
पठाईएको ।
२.
सिरहा, मिति २०७९।१२।२१ गते अं.
१२:२० बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा. ३ तिनकुने चौक स्थितमा
ई.प्र.का. महेशवारी सिरहाबाट प्र.स.नि. को
कमाण्डमा खटिएको टोलीले ऐ.ऐ. बस्ने बिष्णु यादवको छोरा अं. बर्ष ६८ को हरि यादवको
घरमा शंका लागी चेकजाँच गर्दा निजले संचालन गरेको किराना पसलको र्याकमा लुकाई
छिपाई राखेको (कालो प्लाष्टिकको झोलामा) अवैध लागु औषध गाँजा कागजमा पोका बनाएको -
३३ पोका र अर्को कालो प्लाष्टिकको झोलामा खुल्ला राखिएको अवैध लागु औषध गाँजा प्याष्टिक
र कागज सहित तौल गर्दा ५०० ग्राम (आधा के.जी.) अवैध लागु औषध गाँजा सहित निज हरि
यादवलाई नियन्त्रणमा लिई ई.प्र.का. महेशवारी सिरहामा ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।