ला.औ.सहित मानिस पक्राउ
२०७९-१२-२३
- A
- A-
- A+
पर्सा,
मिति २०७९।१२।२२ गतेअं ११;३० बजेको समयमा
जिल्ला पर्सा बिरगजं म.न.पा.वडा नं. २९ स्थित मुसैली टोलमा ऐ.ऐ. बस्ने प्रभु साहको
घरमा निजहरुको छोराहरुले लुकाई छुपाई प्रतिबन्धित लागु औषध गाँजा पुरिया बनाई
विक्री वितरण गरिरहेको छ भन्ने सूचना प्राप्त हुन साथ प्र.चौ. मिलनचौक पर्सा बाट
प्र.स.नि.कमाणडमा टोली खटी गएको , ई.प्र.का.पटेर्वा सुगौली बाट प्र.नि.को कमाणड
समेतको संयुक्त टोली खटी गई उक्त स्थानमा घरमा कानुनको रित पुर्याई खान तलासी
गर्दा निजहरुको घरबाट प्रतिबन्धित लागु औषध
गाँजा अं. १० के.जी. फेला पारी उक्त कार्यमा संलग्न जिल्ला पर्सा बिरगजं
म.न.पा. वडा नं. २९ मुसैली बस्ने प्रभु साहको छोरा अं. वर्ष २२ को बुलेट साह, ऐ.ऐ.
बस्ने प्रभु साहको छोरा अं. वर्ष १९ को मिथुन साह र ऐ.ऐ. बस्ने प्रभु साहको छोरा
अं. बर्ष १८ को गोविन्द साहलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.
पर्सा पठाईएको ।