प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रण

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share


१.      धनुषा, मिति २०७९।१२।२३ गते अं. ११;०० बजेको समयमा जिल्ला धनुषा जनकनन्दिनी गाउँ पालिका वडा नं. २ बल्हा स्थित नेपाल र भारतको दशगाजा क्षेत्रमा ई.प्र.का.खजुरी,धनुषाबाट खटिएको सादा पोसाकको टोलीले नाम,थर वतन नखुलेको अं. २५/३० वर्षको पुरुष व्यक्तिले कालो रंगको ब्याग बोकी पैदल भारत तर्फ जाँदै गरेको अवस्थामामा शंका लागि रोक्न खोज्दा निजले सोही ठाउँमा बोकी ल्याएको ब्याग फालि भारत तर्फ मानिस फरार भएको, सो व्याग खानतलासी गर्दा व्याग भित्र अं. ५ के.जी. लागु औषध गाँजा रहेकोले स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको, उक्त गाँजा ई.प्र.का.खजुरी धनुषामा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।

 

२.      सर्लाही, मिति २०७९।१२।२४ गते अं.००:२० बजेको समयमा प्र.चौ.ढुङ्ग्रेखोला सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले जिल्ला सर्लाही हरिवन न.पा. १० नयाँरोड स्थितमा बा.३१प.२३४२ नं. को.मो.सा. शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जिल्ला सर्लाही हरिवन १० बस्ने अं.वर्ष ३५ सोम बहादुर थापा र सोही मो.सा. पछाडि सवार ऐ.ऐ. वडा नं.९ बस्ने राकेश महर्जनको छोरा अं. बर्ष १९ को रोजिस महर्जनको साथबाट ला.औ. नाईट्राभेट १ पत्तामा १५ ट्याब्लेट र CODWELL १ बोत्तल (१०० ML)को समेत बरामद भएको र प्रहरीलाई समेत हातपात गरेकोले निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  ।

३.      रौतहट, मिति २०७९।१२।२३ गते अं.१७;४५ बजेको समयमा जिल्ला रौतहट गौर न.पा.२ भन्सार बेरियर स्थित भन्सार सुरक्षा गार्डबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ४ जनाको टोली र बि.ओ.पि.बाट स.प्र.स.नि.को कमाण्डमा खटिएको ४ जनाको संयुक्त चेकप्वाईन्ट टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला रौतहट चन्द्रपुर न.पा.४ बस्ने बिन्देश्वर साहको छोरा अं.बर्ष २२ को मुन्ना साह नाम बताउने ब्यक्तिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Diazepam Injiction- ११ पिस , Promethazine Hydrocloride Injection- ११ पिस, Buprennorphine Injection- १० पिस, Noophin- १ पिस र Alcohol Swab- २३ पिस औषध सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.रौतहटमा पठाईएको ।

 

४.      पर्सा, मिति २०७९।१२।२३ गते अ.१८;०० बजेको समयमा जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्ती स्थितमा प्र.चौ. ईनर्वाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा भारतबाट वीरगंज तर्फ आउँदै गरेको जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.११ बुद्धटोल बस्ने रामकृष्ण गुरुङको छोरा अ. वर्ष २७ को राजिव गुरुङको साथबाट फेनारगन-३,डाइजेपाम-३ र नुर्फिन-३ एम्पुल गरी जम्मा ९ एम्पुल ला.औ. इन्जेक्सन बरामद गरी आवश्यक कारवाहीको लागी वडा प्रहरी कार्यालय विर्तामा पठाईएको ।

 

५.      जि.पर्सा वी.म.न.पा.वडा नं.१६ रजतजन्ती चोक स्थितमा प्र.चौ.इनर्वा पर्साबाट खटिएको प्रहरी गस्ती चेकिङ् टोलीले भारत रक्सौलबाट वीरगंज तर्फ पैदल आउँदै गरेको जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.१६ बस्ने हरी बहादुर मगरको छोरा अं.बर्ष २९ को नरेन मगरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. NITRAZEPAM TABLETS-३० पिस र NITRAVET-10 ४५ पिस गरी जम्मा ७५ पिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ल्याएको ।

 

६.      मिति २०७९।१२।२३ गते अं. १७:४५ वजे समयमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०१ छपकैया डम्पिङ स्थित सडक खण्डमा वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट भकुवाबाट खटिएका संयुक्त प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा पश्चिमवाट पुर्व तर्फ पछी नाम, थर, वतन खुल्न आएका जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ०२ छपकैया बस्ने शेख ईशलामको छोरा वर्ष ३२ को शेख अब्बास शंकास्पद रुपमा पदैल आउँदै गरेको अवस्थामा देखि निज माथी शंका लागी रोकी निजको शरीर रितपुर्वक खानतलासी गर्दा निजले लगाएको पाईन्टको पछाडी कम्मरको पाईन्टको ईलाष्टिक (रबर) को भागले अड्काई टिसर्टले छोपी पेपर माथिबाट सेतो टेपले बेरी भित्र लुकाई छिपाई राखेको लागू औषध DIAZEPAM 2ml-२९ एम्पुल, NOOPHINE 2ml-२९ एम्पुल, PHENERGAN 2ml-२९ एम्पुल गरी जम्मा ८७ एम्पुल फेला परेको हुदाँ आवश्यक कारवाहीको लागी व.प्र.का. विर्तामा बुझाएको ।

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, मिति २०८०।०६।१६ गते ०१:०० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मू.रू. ७७,३६,०५७/- (सतहत्तर लाख छत्तीस हजार सन्ताउन्न रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०६।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७

१.      बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।  २.      बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६० के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१७

१.      पर्सा, मिति २०८०/०६/१५ गते राती अं. २३:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.१० टाउन हल नजिक रहेको गल्लीमा ला.औ. सेवन भैरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.ऐ. ७ रामटोल बस्ने वर्ष २० को ओमप्रकाश साह र ऐ.ऐ. बस्ने वर्ष २३ को सुनिल सहनीलाई फेला पारी चेकजाँच गर्दा ओमप्रकाश साहले हाप पाईन्टको खल्तिमा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ०.०१० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागी मिति २०८०।०६।१६ गते जि.प्र.का. कन्ट्रोलमा बुझाएकोमा कन्ट्रोल मार्फत जानकारी प्राप्त भएको ।  २.      पर्सा, मिति २०८०/०६/१६ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा. २१ बिरगंज पथलैया सडकखण्डमा ला.औ.ब्युरो शाखा कार्यालय बिरगंजबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.ऐ.२८ बगही बस्ने जंगी साहको छोरा वर्ष ४४ को फागु साहको साथबाट लुकाईछिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १० ग्राम फेला पारी धुलो पदार्थ सहित  नियन्त्रणमा लिई प्र.चौ. परवानीपुर, पर्सामा बुझाएकोमा थप अनुसन्धानको लागी जि.प्र.का.मा पठाएको ।  ३.      पर्सा, मिति २०८०/०६/१६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा २ छटीओन टाडी स्थितमा प्र.चौ. बडनियार, पर्साबाट प्र.स.नि को कमाण्डमा खटिएको टोलिले जि .पर्सा पर्सा गढी न.पा २ छटोओन टाडि बस्ने बिश्वमान श्रेष्ठको छोरा वर्ष २३ को बिपिन श्रेष्ठ र ऐ. ऐ. ओरिमा टोल बस्ने दिपक थापाको छोरा अं. वर्ष २३ को दिपेन थापाको साथबाट नाईट्राभेट ३ पत्ता जम्मा ४५ पिस मध्य ८ पिस प्रयोग गरेको जम्मा ३७ पिस सहित फेला पारी  दुवै जना मानिसलाई नियन्त्रणमा  लिई ई.प्र.का.पटेर्वासुगौली पठाईएको ।  सर्लाही, मिति २०८०।६।१६ गते अं.१०:२५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा. ५ बारान टोलमा बयलबासबाट फुलजोर तर्फ जाँदै गरेको BR30R9039 नं.को मो.सा.लाई ई.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याईएको १०० ml को २०२ बोतल Wincerext नामक लागु औषध सहित मो.सा. चालक जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने तुल्सी पासवानको छोरा अं. वर्ष २७ को कारी पासवान र मो.सा. पछाडी सवार जि.सर्लाही ब्रहम्पुरी गा.पा.५ बस्ने गणेश प्रसाद पासवानको छोरा अं. वर्ष २०को अग्लेक्स पासवान सहित मो.सा.नियन्त्रणमा लिए ई.प्र.का. केशरगंजमा राखिएको ।