ला.औ.गाँजा सहित मानिस नियन्त्रण
२०७९-१२-२५
- A
- A-
- A+

१. धनुषा, मिति २०७९।१२।२४ गते अं.१५:३० बजेको समयमा विशेष सुचनाको अधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जि.प्र.का.धनुषा, ई.प्र.का.महेन्द्रनगर र प्र.चौ.लक्षमिनिया,धनुषा बाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा जि.धनुषा लक्ष्मिनिया गा.पा.७ ढल्केवर जनकपुर सडक खण्डको लक्ष्मिनियाँ चोक स्थितमा ढल्केवर बाट जनकपुर तर्फ जादै गरेको ना. ७ ख. ४२५१ नं.को ट्रक माथी शंका लागी चेकजाँच गर्दा उक्त ट्रक भित्र फल्स बटम बनाई पलाष्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा १२ वटा पोकामा अं.१२४ के.जि. ला.औ.गाँजा फेला पारी चालक जिल्ला मकवानपुर मनहरी न.पा.९ बस्ने अं.वर्ष ४० को सन्त बहादुर दोङ्गलाई गाडी सहित नियन्त्रणमा लिई, घट्ना स्थल बरामद मुचुल्का पश्चात थप अनुसन्धानको लागी जि.प्र.का.धनुषामा राखिएको, यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको ।
२. पर्सा, मिति२०७९।१२।२४ गते अ.२२:३० बजेको समयमा जिल्ला पर्सा ठोरी गा.पा.-२ ढेरु खोला स्थितमा ई.प्र.का.ठोरीबाट प्र.नि. को कमाणडमा खटिएको गस्ति टोलीले ७/८ जना मानिसहरुले पोका बोकि गईरहेको देखि रोक्न खोज्दा उक्त पोका फाली भाग्दा गस्ती टोलीले लखेटी ८ वटा पोकामा ६१ किलो गाँजा सहित जिल्ला चितवन लोथर बस्ने श्याम ब. तामाङको छोरा अ.बर्ष ५७ को राम बहादुर तामाङ लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी ई.प्र.का.ठोरीमा पर्सामा ल्याई राखेको ।
३. बारा, मिति २०७९।१२।२४ गते अं.२०:०० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.१ मसानमाई स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म पिपरपातिबाट खटिएका स.प्र.ना.उ. हरी प्रसाद शर्माको कमाण्डमा ७ जनाको टोलि लाई देखी नेपाल बाट २ जना ब्यक्तिले टाउकोमा बोकि भारत तर्फ लैजादै गरेको ४९ के.जि. (२ बोरा) लागु औषध गाँजा सोहि स्थानमा छाडि मानिस फरार भएको र उक्त लागु औषध गाजा बरामद गरी थप अनुसन्धानको लागी ई.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखेको ।