प्रतिबन्धित लागु औषध सहित मानिसहरु पक्राउ
२०७९-१२-२७
- A
- A-
- A+
पर्सा, मिति २०७९।१२।२४ गते अं.२२:३० बजेको समयमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै शंकास्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका जिल्ला चितवन लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई रितपुर्वक उक्त बोराको तलासी लिदा निजले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ के.जी. फेला परेको हूँदा उक्त लागु औषध सहित निज राम बहादुर तामाङलाई नियन्त्रणमा लिइ ई.प्र.का. ठोरीमा ल्याइ निज विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मिति २०७९।१२।२४ गते पर्सा जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप गरी अनुसन्धान कार्य भैरहेको ।
साथै, मिति २०७९।१२।२६ गते अं.१६:४५ बजेको समयमा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरीया स्थित प्रदेशी राउतको घरमा लागु औषध चरेश छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.पर्साबाट प्र.नि.को कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्र.नि. समेतको संयुक्त प्रहरी टोलीले निज प्रदेशी राउत समेतको घर तथा टहरा समेतमा कानूनी रीत पुर्याई खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ के.जी. र गाँजा ४ के.जी फेला परेको हुँदा उक्त लागु औषध, ओसारपसार तथा किन बेच समेतमा संलग्न जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने वर्ष अं. ६० को प्रदेशी राउत (थारु), जिल्ला मकवानपुर रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान र जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई फेला पारी नियन्त्रणमा लिइ जि.प्र.का. पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भैरहेको ।