लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१२-२७
- A
- A-
- A+
१.
सप्तरी, मिति २०७९।१२।२६ गते अं. ०८:३० बजेको
समयमा जि. सप्तरी अग्निसाईर कृष्णसावरण गा.पा. २ चौफल टोल तर्फ ई.प्र.का.महुलि
सप्तरीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले ऐ.ऐ. बस्ने पृथ बहादुर
राईको छोरा अं. बर्ष २२ को सुनिल राईले लागु औषध ओसार पसार तथा बिक्री वितरण गर्दैछ
भन्ने विशेष सुचनाको आधारमा निज सुनिल राईको घरमा गई निजसँग सोधपुछ गर्दा निज
सुनिल राईले आफ्नो घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि लुकाई छिपाई राखेको छु
भने अनुसार उक्त स्थानमा खो.त. गर्दा कपडाको झोलामा पोका पारी राखेको लागु औषध
लिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुल गरी जम्मा २३३ एम्पुल
बरामद गरी निज सुनिल राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि ईलाका
प्रहरी कार्यालय कंचनपुर सप्तरीमा पठाईएको ।
२.
सिरहा, मिति २०७९।१२।२६ गते अं. १६:०० बजेको
समयमा जिल्ला सिरहा लहान न.पा. ४ रघुनाथपुर बस्ने देव नारायण यादवको छोरा वर्ष अं.
२८ को जिवन यादवले आफ्नै घरमा ब्युप्रोनोफिन १२ एम्पुल, डाइजिल्याब ११ एम्पुल र फेनारगन
११ एम्पुल ला.औ. लुकाई छिपाई राखेको भन्ने खबर
विशेष सुचनाको आधारमा प्र.चौ. लहानबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई
निजको घर कानुन बमोजिम खानतलासी गर्दा अवैध ला.औ. फेला परेकोले ला.औ. सहित निज
जिवन यादवलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी ई.प्र.का. लहानमा बुझाईएको ।
३.
महोत्तरी, मिति २०७९।१२।२६ गते अं. १४:००
बजेको समयमा जिल्ला महोत्तरी सम्सी गा.पा. ४ स्थित दशगजा नजिकै प्रहरी चौकी गैडाभेटपुरबाट
प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतको कन्हवाबाट नेपाल तर्फ पैदल आउँदै
गरेको जिल्ला चितवन उ.प.म.न.पा.९ बस्ने मिन प्रसाद कार्कीको छोरा अं. बर्ष २४ को
रोहित कार्की, जिल्ला मकवानपुर बकैया गा.पा.७ बस्ने कुमार खड्काको छोरा अं. वर्ष
२९ को संजु खडका र ऐ. बस्ने सागर खड्काको
छोरा अं.२२ को आशिष खड्काले खुल्ला चौरको बाटो प्रयोग गर्दे आएको निजहरु माथि शंका लागि रोकी चेक जाँच गर्दा निजहरुको साथबाट फेनरागन-५६ पिस, नरकिम-५२ पिस र डाईजोपाम-५७
पिस गरी जम्मा १६५ परिमाणमा लागुऔषध बरामद गरी आवश्यक कारवाही तथा अनुसन्धानको
लागि प्रहरी चौकी गैडाभेटपुरमा राखेको ।
४.
बारा, मिति २०७९/१२/२६ गते अं.०९:०० बजेको
समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.२ सिमरा चौक स्थित सुचनाको आधारमा
नारायणघाटबाट बिरगंज तर्फ आउँदै गरेको बा. प्र.०६-००१ख.००५४ न.को बसलाई ई.प्र.का.सिमरा
बाराबाट प्र.स.ह.को कमाण्डमा खटिएको QRT टोलीले चेक जाँच गर्दा
जिल्ला पर्सा जगर्नाथपुर गा.पा.६ बस्ने अं.बर्ष ४५ को मुन्ना पासवानले शरिरमा बेरी
ल्याउँदै गरेको अं. २.५ केजी लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई ई.प्र.का.सिमरामा
राखेको ।
५.
पर्सा, मिति २०७९।१२।२६ गते अं. १७:०० बजेको
समयमा जि.पर्सा बिरगंज म.न.पा.१६ रजतजयन्ती चोकमा प्र.चौ. ईनर्वा पर्साबाट खटि
गएको प्रहरी टोली र ला.औ.ब्यूरो शाखा बिरगंजको
संयुक्त चेकिङ टोलिले जि.चितवन भरतपुर म.न.पा.१० हाकिम चोक बस्ने दुर्गा ब.
ठकुरीको छोरा अं. बर्ष २७ को सुमन ठकुरी भारत रक्सौलबाट बिरगंज तर्फ पैदल आईरहेको
अबस्थामा निज माथी शंकालागी चेकजाँच गर्दा खुट्टाको पिडुलाको भागमा सेतो टेपले
बेरी र्यापिङ गरी ल्याउँदै गरेको अवस्थामा निजलाई ला.औ. नुर्फिन १५ एम्पुल, डाईजेपाम
१५ एम्पुल र फेनारागन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल ला.औ.सहित नियन्त्रणमा लिई प्रहरी
चौकी ईनर्वा पर्सामा राखिएको ।