प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रण

२०८०-०१-०५

  • A
  • A-
  • A+
Share


१.      पर्सा, मिति २०८०।०१।०५ गते अं. ०२:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५ प्रतिमा चौक स्थितमा जि.प्र.का. पर्साबाट खटिएको चेकिङ टोलिले बसपार्कबाट गण्डक तर्फ जाँदै गरेको ना. ७ प ६८१४ नं. को मो. सा. रोकी चेकजाँच गर्ने क्रममा उक्त मो.सा.को सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ONEREX Syrup- 100 ml को ५ बोतल, NITRAVET Tablet १० पत्तामा ९० पिस र लागु औषध चरेस जस्तो देखिने खैरौ पदार्थ १ डल्लो फेला परेको हुँदा सो लागु औषध, मो.सा. र मो.सा. चालक जि. मकवानपुर हेटौंडा उ.म.न.पा. ११ बस्ने बिनोद बि.क.को छोरा वर्ष ३१ को बिकी बि.क.लाई नियन्त्रणमा लिई  जि.प्र.का. पर्सामा ल्याईएको साथै जि. पर्सा बिरगंज.म.न.पा. वडा नं.१६ रजतजयन्ती चोक स्थितमा प्र.चौ. इनर्वा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत रक्सौलबाट बिरगंज तर्फ पैदल हिंड्दै आईरहेको जि.पर्सा बि.म.न.पा. वडा नं.८ गणेश टोल बस्ने तिलक बहादुर कार्कीको छोरा अं. वर्ष २० को विज्ञान कार्कीको जुत्ताबाट नाईट्रोजन लेखिएको २ पत्तामा २५ पिस र ९ पिस खुल्ला ट्याबलेट सहित जम्मा ३४ पिस फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्र.चौ. इनर्वा पर्सामा राखिएको ।

२.      बारा, मिति २०८०।०१।०५ गते अं.२:४५ बजेको समयमा जिल्ला बारा सिम्रौनगढ न.पा.१ ढाटटोला स्थितमा नेपालबाट भारत तर्फ टाउकोमा बोकी लैजाँदै गरेको ३० के.जी. (तिन पोका) लागु औषध गाँजा ई.प्र.का. सिम्रौनगढबाट प्र.स.नि.को कमाण्डमा खटिएको मोबाईल टोलिलाई देखि उक्त सामान फालि मानिसहरु भागि फरार भएको, सामान ई.प्र.का.सिम्रौनगढ बारामा ल्याई राखिएको ।

३.      सर्लाही, मिति २०८०/१/०४ गते अं. १८:३० बजेको समयमा जि. सर्लाही बरहथवा न.पा. ७ बनटोल बस्ने अं. बर्ष ६८ को  परिक्षण पण्डितले आफ्नो घरमा लागु औषध (गाँजा) लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको अधारमा ई.प्र.का. बरहथवाबाट प्र.ना.नि. को कमाण्डमा ५ जनाको टोली खटी गई निजले घर भित्र प्लाष्टिकको झोलामा खाट मुनि लुकाई छिपाई राखेको ४८० ग्राम लागु औषध (गाँजा) बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. बरहथवामा थप अनुसन्धान कार्य भईरहेको साथै प्र.चौ. पत्थरकोट सर्लाहीबाट प्र.ब.ह. को कमाण्डमा खटिएको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा जि. सर्लाही लालबन्दी न.पा. १२ जियाजोर जाने बाटो नजिकै उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको बा. ५० प. २९९८ नं. को 150 CC को निलो कालो रंगको Pulser मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. १४ घुम्ने बस्ने आईते सिंह गोलेको छोरा अं. बर्ष २५ को बिर ब. गोलेले उक्त मो.सा. पछाडी बोकी ल्याएको सेतो रंगको बोरा खोली हेर्दा उक्त बोरा भित्र ३ वटा रातो रंगको Plastic ले बेरेको ला.औ. गाँजा अं. ९ किलो रहेकोले मो.सा. र मो.सा. चालक सहित नियन्त्रणमा लिई प्रहरी चौकी पत्थरकोटमा ल्याई राखिएको ।

४.      महोत्तरी, मिति २०८०/०१/०४ गते अं.११:३० बजेको समयमा जि. महोत्तरी सम्सी गा.पा. ४ स्थित पासवान टोल जाने भित्री बाटोमा प्रहरी चौकी गैडाभैटपुरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको गस्ती टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जि. दाङ घोराई न.पा. (वाड न. तत्काल नखुलेको) बस्ने राम नेपालीको छोरा बर्ष अ.१९ को प्रबिण नेपालीलाई शंका लागी चेकजाचं गर्दा निजले साथमा बोकेको सेतोरातो कपडाको झोलामा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको नोर्फिन- १०० एम्पुल, फेनार्गन- १९५ एम्पुल, नाम नखुलेको- ९९ एम्पुल, डाईजेपाम- २०२ एम्पुल गरी जम्मा ५९६ एम्पुल र सिरिन्च- २ पिस सहित अबैध ला.औ. फेला पारी बरामद गरी मानिस तथा ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का. महोत्तरीमा पठाउने पहल भइरहेको ।

५.      सिरहा, मिति २०८०।०१।०४ गते अं. १८:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. ७ बमबम होटल स्थितमा जि.प्र.का. सिरहाबाट खटिएको QRT टोलीले पैदल यात्री जिल्ला सिरहा कल्याणपुर न.पा. २ चतरी टोल बस्ने राम मुखियाको छोरा अं.वर्ष १९ को अमर मुखियालाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्तीबाट अं. ५० ग्राम ला.औ. गाँजा, पाईन्टको पछाडीको खल्तीबाट Cadiwell- १ बोतल, निजले लगाएको अन्डर पाईन्टबाट NITRAVET-10 लेखिएको ट्यावलेट ५८ पिस ला.औ. सहित निजलाई नियन्त्रणमा लिई  जि.प्र.का. सिरहामा ल्याई राखिएको ।

सम्बन्धित समाचार
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, मिति २०८०।०६।१६ गते ०१:०० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मू.रू. ७७,३६,०५७/- (सतहत्तर लाख छत्तीस हजार सन्ताउन्न रुपैयाँ) बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०६।१६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।

अवैध भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०६-१७

१.      बारा, मिति २०८०।०६।१६ गते २१:३० बजेको समयमा जिल्ला बारा विश्रामपुर गा.पा. ४ बलिरामपुर स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा साईकलमा ल्याउँदै गरेको अं. मुल्य रु. ६०,०००/- (साट्ठि हजार) बराबरको अवैध १ बोरा कपडा (रेडिमेड लेडिज कुर्ता सुरुवाल) प्र.चौ. मुसर्हवा बाराबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखी उक्त कपडा फालि मानिस साईकल लिई भागि गएको हुँदा उक्त कपडा बरामद गरि प्र.चौ. मुसर्हवा बारामा ल्याई राखिएको ।  २.      बारा, मिति २०८०/०६/१६ गते अ.२१:३० बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चौकमा प्र.चौ. पथलैया, बाराबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.-०३-००१.ख.०१९० न.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा लुकाई छिपाई लैजाँदै गरेको कुनै पनि विल भरपाई नभएको खुद्रा सामान अं.मुल्य रु.८८,२५०/- (अठासि हजार दुईसय पचास) बराबरको नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा राखिएको, बस आफ्नो गन्तब्य तर्फ गएको ।

भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर नियन्त्रणमा
२०८०-०६-१७

पर्सा, सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०८०।०६।१७ गते ०७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउँदै गरेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा ना.१ त. ९६४२ नम्बरको ट्याक्टरमा गहुँ लोड गरी वीरगञ्ज ल्याउँदै गरेको अवस्थामा खटि गएको प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक उल्लेखित नम्बरको ट्याक्टर छाडी भागी फरार भएको हुँदा सो ट्याक्टर बेवारिसे अवस्थामा फेला पारी बरामद गरी ट्याक्टर तथा उक्त ट्याक्टर सहित लोड रहेको गहु ८५६० के.जी. अ.मू.रू. ७,३९,६८०/- (सात लाख उनन्चालीस हजार छ सय असी रुपैयाँ) बराबरको ट्याक्टर र गहुँ थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८०।०६।१७ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-१७

१.      पर्सा, मिति २०८०/०६/१५ गते राती अं. २३:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा.१० टाउन हल नजिक रहेको गल्लीमा ला.औ. सेवन भैरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.ऐ. ७ रामटोल बस्ने वर्ष २० को ओमप्रकाश साह र ऐ.ऐ. बस्ने वर्ष २३ को सुनिल सहनीलाई फेला पारी चेकजाँच गर्दा ओमप्रकाश साहले हाप पाईन्टको खल्तिमा ला.औ. ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ०.०१० मिलिग्राम फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारर्वाहीको लागी मिति २०८०।०६।१६ गते जि.प्र.का. कन्ट्रोलमा बुझाएकोमा कन्ट्रोल मार्फत जानकारी प्राप्त भएको ।  २.      पर्सा, मिति २०८०/०६/१६ गते अं.११:०० बजेको समयमा जिल्ला पर्सा विरगंज म.न.पा. २१ बिरगंज पथलैया सडकखण्डमा ला.औ.ब्युरो शाखा कार्यालय बिरगंजबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलिले ऐ.ऐ.२८ बगही बस्ने जंगी साहको छोरा वर्ष ४४ को फागु साहको साथबाट लुकाईछिपाई राखेको ला.औ. खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १० ग्राम फेला पारी धुलो पदार्थ सहित  नियन्त्रणमा लिई प्र.चौ. परवानीपुर, पर्सामा बुझाएकोमा थप अनुसन्धानको लागी जि.प्र.का.मा पठाएको ।  ३.      पर्सा, मिति २०८०/०६/१६ गते अं. १७:०० बजेको समयमा जि.पर्सा पर्सागढी न.पा २ छटीओन टाडी स्थितमा प्र.चौ. बडनियार, पर्साबाट प्र.स.नि को कमाण्डमा खटिएको टोलिले जि .पर्सा पर्सा गढी न.पा २ छटोओन टाडि बस्ने बिश्वमान श्रेष्ठको छोरा वर्ष २३ को बिपिन श्रेष्ठ र ऐ. ऐ. ओरिमा टोल बस्ने दिपक थापाको छोरा अं. वर्ष २३ को दिपेन थापाको साथबाट नाईट्राभेट ३ पत्ता जम्मा ४५ पिस मध्य ८ पिस प्रयोग गरेको जम्मा ३७ पिस सहित फेला पारी  दुवै जना मानिसलाई नियन्त्रणमा  लिई ई.प्र.का.पटेर्वासुगौली पठाईएको ।  सर्लाही, मिति २०८०।६।१६ गते अं.१०:२५ बजेको समयमा जि.सर्लाही ईश्वरपुर न.पा. ५ बारान टोलमा बयलबासबाट फुलजोर तर्फ जाँदै गरेको BR30R9039 नं.को मो.सा.लाई ई.प्र.का. केशरगंज सर्लाहीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याईएको १०० ml को २०२ बोतल Wincerext नामक लागु औषध सहित मो.सा. चालक जि.सर्लाही ब्रहम्पुरी गा.पा. ५ बस्ने तुल्सी पासवानको छोरा अं. वर्ष २७ को कारी पासवान र मो.सा. पछाडी सवार जि.सर्लाही ब्रहम्पुरी गा.पा.५ बस्ने गणेश प्रसाद पासवानको छोरा अं. वर्ष २०को अग्लेक्स पासवान सहित मो.सा.नियन्त्रणमा लिए ई.प्र.का. केशरगंजमा राखिएको ।