ला.औ. सहित मानिस नियन्त्रण
२०८०-०१-०७
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०६ गते अ. २१;३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा प्र.चौ.ईनर्वा तथा ला.औ. नि.का. व्युरो बिरगंजबाट
खटिएको संयुक्त चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै
गरेको पैदल यात्री जि.चितवन भरतपुर म.न.पा. वडा नं. २१ बस्ने सन्त बहादुर बि.क. को
छोरा अ. बर्ष १९ को निखिल बि.क. माथी शंका लागि चेकजाँच गर्दा निजको साथबाट नुर्फिन-९९ एम्पुल र फेनारगन-९९
एम्पुल ला.औ. फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी प्रहरी चौकी ईनर्वा पर्सामा ल्याई रखिएको ।
साथै, मिति २०८०।०१।०६ गते अं. २२:३० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. १५
प्रतिमा चोकमा जि.प्र.का.पर्साबाट प्र.स.नि.को कमाण्डमा खटीएको चेकिङ टोलिले
चेकजाँच गर्ने क्रममा ना. २६ प ३४४१ नं. को मो.सा. रोकी चेकजाँच गर्दा मो.सा.को
सिटमुनि लुकाई छिपाई राखेको ला.औ. ONEREX SYRUP ५० बोत्तल, TRAMOL CAPSUL ११ पत्तामा ११० पिस र NITRAET
10 को २ पत्तामा ३० TABLET
फेला परेको हुंदा सो ला.औ. र मो.सा. सहित सहित मो.सा. चालक जि.मकवानपुर
हेटौंडा उ.म.न.पा. १४ कालापानि बस्ने चिन बहादुर तितुङको छोरा वर्ष ३१ को राजकुमार
तितुङलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा ल्याई थप अनुसन्धन भईरहेको ।