हतियार पक्राउ
२०८०-०१-०७
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०१।०६ गते अं.१५;३० वजेको
समयमा जि.प्र.का.सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला
सर्लाही मलंगवा नं.पा.वडा नं.१ भेडहिया बस्ने अं.बर्ष ६०/६५ को अबध रायको घर
खानतलासी गर्दा अन्न राख्ने टिनको ड्रमबाट म्यागजिन नभएको अवस्थाको सेमी अटोमेटीक
पेस्तोल थान १, सानो खुकुरी थान १,ठुलो
तरवार थान १,ज.१२.प.७६३४ नं.को लेखिएको पल्सर मोटरसाईकलको
सवारी दर्ता किताब थान १, सानो चक्कु थान १ र BR30K1166 नं.उल्लेख भएको भारतीय सवारी
दर्ता कार्ड थान १ र आगनमा पाकिङ्ग गरी राखेको नम्बर प्लेट नभएको १५० सि.सि.को
कालो रंगको पल्सर मोटरसाईकल थान १ समेत फेला पारी बरामद गरी जि.प्र.का.सर्लाहीमा
दाखिला गरेको घरमा कोही पनि फेला नपरेको, निज अवध रायको छोरा
ईन्द्रजित राय र रंजित राय तस्करीको काम गर्दै आएको र निजहरुले नै उक्त हतियार र
नम्बर प्लेट नभएको मोटरसाईकल घरमा ल्याई राखेको बुझिएको । निज ईन्द्रजित राय र
रंजित रायको फेला नपरेको हुदाँ निजहरुको खोजी
कार्य जारी रहेको ।