ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-०८
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०१।०७ गते अं. १९:५० बजेको समयमा जि.पर्सा वी.म.न.पा. वडा नं. १६ रजतजयन्ती
चोक स्थितमा प्रहरी चौकी इनर्वा पर्सा तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट
खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगंज तर्फ
पैदल हिंड्दै आईरहेको जि.बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने प्रहलाद यादवको छोरा
अं. बर्ष २६ को घनजय यादवले अण्डर वियर पाईन्ट भित्र राखी लुकाई छिपाई ल्याईएको
नाईट्रोजन लेखिएको ट्यावलेट २३ चक्की फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि प्रहरी चौकी इनर्वामा ल्याई राखिएको
।