ला.औ.सहित मानिस पक्राउ
२०८०-०१-१०
- A
- A-
- A+
सिरहा, मिति २०८०।०१।०९ गते अं. १३:३० बजेको
समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा. ३ दुर्गा मन्दिर स्थित ई.प्र.का. बरियारपट्टी
सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको टोलीले जिल्ला सिरहा गोलबजार न.पा. ६
डोहरिया बस्ने राम किसुन दासको छोरा अं.बर्ष २० को अमरदेव दास र ऐ. न.पा. १२
हरिपुर बस्ने श्रीराम दासको छोरा अं.बर्ष २४ को राम उदित दासलाई शंका लागी चेकजाँच
गर्दा निजहरुको साथबाट ला.औ. प्रोमेथाजिम -१ एम्पुल, डाईजेपाम -१ एम्पुल, ब्रुफोफिम
-१ एम्पुल र नाईट्रोभेट ट्याबलेट -१ पिस बरामद भएकोले लागु औषध सहित निजहरुलाई
पक्राउ गरी ई.प्र.का. बरियारपट्टी सिरहामा ल्याई थप अनुसन्धानको लागी जि.प्र.का. सिरहा
तर्फ पठाउने तयारी भईरहेको ।
साथै, मिति २०८०।०१।०९ गते अं. १४:१५
बजेको समयमा जिल्ला सिरहा बरियारपट्टी गा.पा. ३ दुर्गा मन्दिर स्थित ई.प्र.का. बरियारपट्टी
सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको टोलीले जिल्ला सिरहा सुखिपुर न.पा. २
बस्ने राम चन्द्र दासको छोरा अं.बर्ष १६ को हरे कृष्ण दास र ऐ.ऐ. बस्ने किशोरी
दासको छोरा अं. बर्ष १५ को राम मोहन कुमार दासलाई शंका लागी चेकजाँच गर्दा
निजहरुको साथबाट ला.औ. नाईट्रोभेट ट्याबलेट १ पाता १५ पिस बरामद भएकोले लागु औषध
सहित निजहरुलाई पक्राउ गरी ई.प्र.का.सिरहामा ल्याई थप अनुसन्धानको लागी जि.प्र.का.सिरहा
तर्फ पठाउने तयारी भईरहेको ।