ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-१५
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०१।१४ गते २२:१५ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१६ बसपार्क
भानुचोकमा प्रहरी चौकी बसपार्कबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको प्रहरी चेकिङ
टोलीले भारत रक्सौलबाट बीरगंज तर्फ आउँदै गरेको पैदलयात्री जिल्ला मकवानपुर मनहरी
गा.पा.-७ बस्ने गोबिन्द रुम्बाको छोरा अं.बर्ष-२४ को पासांग नोखु लामालाई रोकी
चेकजाँच गर्दा निजको साथबाट अण्डर वोयरमा लुकाई-छिपाई राखेको अवस्थामा NITRA CARE -10 ला.औ. ३८ पत्ता (३७८ पिस) फेला
पारी निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी व.प्र.का. श्रीपुर,
पर्सा पठाईएको साथै मिति २०८०।०१।१४ गते अं. ०९:०० बजेको समयमा जि. पर्सा वीरगंज
म.न.पा. वडा नं. १६ रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी इनर्वा पर्साबाट तथा लागु
औषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत रक्सौलबाट
नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला काठमाण्डौ काठमाण्डौं म.न.पा. ३० कालोपुल
बस्ने बोर्ण बहादुर कार्कीको छोरा अं. बर्ष ३० को विजय कार्की माथी शंका लागि
चेकजाँच गर्दा निजले लगाएको जुत्ताको जुराफ (मोजा) भित्र लुकाई छिपाई ल्याएको
ला.औ. नुफिन १३ एम्पुल, डाईजेपाम १३ एम्पुल र फेनारगन १३ एम्पुल फेला पारी निजलाई उक्त
ला.औ.सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.बिर्तामा ल्याई राखिएको
।
बारा, मिति
२०८०।०१।१४ गते अं. १०:०० बजेको समयमा जि. बारा जितपुरसिमारा उ.म.न.पा.२१ कार्यालय
अगाडी प्र.ब.ना.नि.को टोलिले बिशेष सुचनाको आधारमा बिरगंजबाट हेटौंडा तर्फ जाँदै
गरेको ना.१.ज. २०८६ नं.को टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा
सवार देश भारत गोरखपुर खजुरी पंचायत बस्ने बर्ष ६० को संतोष कुमार त्रिपाटीको
खुट्टामा लगाएको ईलास्टिक भित्र ४ पोका अं २०० ग्राम खैरो हिरोईन जस्तो देखिने
लागुऔषध फेला परेकोले लागुऔषध सहित मानिस र सुमोलाई नियन्त्रणमा लिई ई.प्र.का.अमलेखगंजमा
राखेको ।
धनुषा, मिति
२०८०।०१।१४ गते अं.१९:३० बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा. ५ उदाहा टोल
बस्ने ईनरदेव मण्डलको छोरा अं.वर्ष ३१ को बरूण मण्डलले आफ्नै घर अगाडी राखिएको
काठको कटघेरा (घुम्ती)मा गाँजा बेच्दै गरेको छ भने सुराकी पाई ई.प्र.का. खजुरीबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटि गई २५० ग्राम गाँजा र ५ कि.ग्रा. भाङको भूस बरामद
गरी बेच्ने मानिस बरूण मण्डललाई सहित नियन्त्रणमा लिई ई.प्र.का. खजुरीमा ल्याई थप अनुसन्धान भईरहेको ।
सप्तरी, मिति
२०८०।०१।१४ गते अं. १०:३० बजेको समयमा जिल्ला सप्तरी राजविराज न.पा.११ झलही बस्ने
भोलि यादवको छोरा अं.वर्ष ३२ को विशेश्वर यादव आफ्नै घरको किराना पसलमा गाँजा बेचिरहेको
छ भने विशेष सुचनाको अधारमा जि.प्र.का. सप्तरी र अ.प्र.पो. तितरीगाछी सप्तरीबाट
प्र.स.नि.को कमाण्डमा टोलि खटि गई अं.५०० ग्राम गाँजा पसलमा फेला पारी उक्त गाँजा
सहित मानिस नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जि.प्र.का.सप्तरीमा पठाएको ।