ला.औ. सहित मानिस नियन्त्रणमा
२०८०-०१-१७
- A
- A-
- A+
१. बारा, मिति २०८०/०१/१६ गते अं.१७:३० बजेको समयमा जि. बारा निजगढ न.पा.६ सडकटोल बस्ने चेत ब. राउतको छोरा अं. बर्ष ३३ को सुमित राउतलाई बिशेष सुराकिको आधारमा ई.प्र.का. निजगढ बाराबाट खटिएको प्र.स.नि. को कमाण्डमा खटिएको टोलिले निजको घरबाट ला.औ. Tramol-50 (३४ पत्ता १० पिसको दरले ३४० पिस) सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का. निजगढ बारामा ल्याई अनुसन्धान कार्य भैरहेको ।
२. सर्लाही, मिति २०८०।०१।१६ गते अं. २०:१५ बजेको
समयमा जि.सर्लाही मलंगवा न.पा. ९ राजदेवी मन्दिर स्थित प्रहरी चौकी सर्लाहीबाट
प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल
तर्फ आउँदै गरेको ना ५३ प ९७९८ नं. मो.सा. लाई रोकी चेकजाँच गर्दा मो.सा.मा लोड
गरी ल्याईएको झोला भित्र Codiwell -१५८ बोतल, spasmo-proxyvon
plu021s ट्याबलेट २४ पातामा ५७६ पिस ला.औ. बरामद गरी उक्त ला.औ., मो.सा.
र मो.सा. चालक जि. सर्लाही लालबन्दी न.पा. ११ बस्ने अं. वर्ष २९ को कृष्ण कुमार
महतोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जि.प्र.का. सर्लाही पठाईएको ।