लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०१-२१
- A
- A-
- A+
१.
बारा, मिति २०८०/०१/२० गते अं. २१:०० बजेको समयमा
जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.२२ स्थित ३ न. पुलमा विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सिभिल
टोली र ई.प्र.का.सिमरा बाराबाट प्र.ह.को कमाण्डको संयुक्त टोलीले हेटौँडाबाट
पथलैया तर्फ आउँदै गरेको ना.३५.प. ४१९४ नं.को मो.सा. रोकी चेक जाँच गर्दा लागु औषध
एम्फेटामाईन अं. ३.५ ग्राम बरामद गरी मो.सा. र मो.सा.चालक जिल्ला गोरखा पालुङटार
न.पा. ०६ बस्ने अं. वर्ष ४३ को बीर बहादुर तमाङ र ऐ. मो.सा पछाडी सवार जिल्ला मकवानपुर
हेटौँडा उ.म.न.पा.१४ बस्ने अं. वर्ष २४ को धिरज बिश्वकर्मालाई नियन्त्रणमा लिई ई.प्र.का.
सिमरामा ल्याई राखिएको साथै मिति २०८०।०१।२० गते अं. १४:००
बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा.१० शनिचरा मठ स्थितमा भारतबाट नेपाल तर्फ
साईकलमा ल्याउँदै गरेको नेपालमा बिक्री गर्न प्रतिबन्धित ( मानिसले प्रयोग गर्ने
औषधी) Sona Tab -200 piece tablets, NF10X-TZ -50
piece tablets, Rhismacort – 20 piece tablets,
Dexagain-1 piece र Gestrogyl-m – 5 piece अं मुल्य रू. ३,३००/- (तीन हजार तीन सय) बराबरको, यस चौकीबाट प्र.स.नि.को
कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखी सामान फाली मानिस फरार भएकोमा उक्त सामानहरु
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रहरी चौकी मटिअर्वामा ल्याई राखिएको ।
२. सप्तरी, मिति
२०८०।०१।२० गते अं. १९;३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साइन न.पा.१० खडकपुर स्थितमा ई.प्र.का.बोदेबर्साईन
सप्तरीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिले दक्षिणबाट उत्तर तर्फ आउँदै
गरेको स ६ प ७३४७ नं.को मो.सा. लाई शंका लागि रोकी चेक जाँच गर्दा Navcarb-SR-450 लेखेको 10 पता
(100 पिस टेबलेट), Oladoc-15 लेखेको 5 पता 50 पिस टेबलेट र Zepsan-0.5 MD
लेखेको 1 पत्ता 10 पिश टेबलेट फेला पारि स ६ प ७३४७ नं.को मो.सा. चालक जिल्ला सप्तरी सुरुङगा न.पा.८ मलहनवा बस्ने देव नारायण साहको
छोरा अं. वर्ष ३४ को धर्मदेव साह र सोहि मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने लालचन
साहको छोरा अं. वर्ष १९ को अनिल कुमार साहलाई ला.औ. र मो.सा. सहित नियन्त्रणमा लिई
ई.प्र.का.बोदेबर्साईन सप्तरीमा ल्याई राखिएको हुँदा थप अनुसन्धान को लागि ई.प्र.का.
कडरबोना सप्तरीमा पठाएको ।