लागु औषध सहित मानिस पक्राउ
२०८०-०१-२५
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।२४ गते
अं.१७:३० बजेको समयमा जि.पर्सा बिरंगज म.न.पा. वडा नं.१६ बसपार्क भानु चोक स्थित शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा
चितवन राप्ती न.पा. वडा नं.१ बस्ने मनोज बहादुर घलेको छोरा अं.वर्ष २० को युराज
घलेलाई चेक जाँच गर्दा निजको साथबाट लुकाई छिपाई राखेको DIAZEPAM
-2 पिस, PHENERGAN- २
पिस, NOOPHIN-२ पिस फेला परेको हुँदा ला.औ. सहित निजहरुलाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर पर्सामा पठाईएको साथै मिति
२०८०।०१।२४ गते अं.१८:०० बजेको समयमा जि.पर्सा बिरंगज म.न.पा. वडा नं.१६ बसपार्क
स्थित शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा निजहरुमाथी शंका लागी चेक जाँच गर्दा
जिल्ला चितवन राप्ती न.पा. वडा नं.४ बस्ने लक्ष्य बहादुर राईको छोरा अं. वर्ष २०को
दिपेश राईसँग NITRAVET-10 लेखिएको ट्याबलेट-२५ पिस, TRAMWEL-१० पिस, TRAMOL-50 को १० पिस, कालो ब्यागमा लुकाई राखेको र
जि.कैलाली टिकापुर न.पा. वडा नं. ५ बस्ने धुपेन्द्र बिष्टको छोरा अं. वर्ष १८ को
डेविट बिष्टसँग STAGAN-25 - १४ पिस, TRAMWEL
५ पिस फेला परेको हुँदा ला.औ. सहित निजहरुलाई नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी व.प्र.का. श्रीपुर पर्सामा पठाईएको ।