लागु औषध सहित मानिस तथा सवारी साधन नियन्त्रणमा
२०८०-०१-२६
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।२६ गते अं. ००:४० बजेको
समयमा विशेष सूचनाको अधारमा प्रहरी चौकी महदेवपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिगएको
प्रहरी टोलीले जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं.०१ वालुवा चोकमा चेक जाँच गर्ने
क्रममा जिल्ला पर्सा ठोरी गा.पा. वडा नं. ३ बस्ने प्रेम मोक्तानको छोरा वर्ष २३ को
बुध मोक्तानले चलाएको ना.५२ प. १२४२ नम्बरको मो.सा.मा पछाडी ऐ.ऐ. बस्ने विष्णु
बहादुर दर्जीको छोरा अं. वर्ष २२ को रिकेश बहादुर दर्जीले बोकेको झोला चेक जाँच
गर्दा लागु औषध नाईट्रोभेट थान ७ पता
जम्मा १०५ पिस फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको र जिल्ला काठमाण्डौ म.ना.पा.
वडा नं. ६ बस्ने विकाश बि.क. को छोरी अं. वर्ष १९ की सलिमा विश्वकर्मा शंकास्पद
अवस्थामा हिंडिरहेको हुँदा निजलाई अनुसन्धान तथा सोधपुछको लागी ३ जनालाई नै नियन्त्रणमा
लिई आवश्यक कर्वाहीको लागी जि.प्र.का. पर्सामा पठाईएको ।