ला.औ.सहित मानिस नियन्त्रणमा
२०८०-०१-२७
- A
- A-
- A+
सर्लाही, मिति
२०८०।०१।२६ गते अं.१९;४५ बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा.८ स्थित प्र.स.नि.हसमुदिन
मिँया ठकुराईको कमाण्डमा खटिएको चेकिङ टोली र सशस्त्र प्रहरीको सँयुक्त टोलीले चेकजाँच
गर्ने क्रममा भारत बाट नेपाल तर्फ साईकलमा आउदै गरेको ऐ.३ बस्ने समसुदिन मिकरानीको छोरा अं. बर्ष २० को समिर मिकरानिलाई
शंका लागि चेकजाँच गर्दा निजको साथबाट ला.औ. CODIWELL -३ बोतल र NITRAZPAM ट्याबलेट १ पत्ता (१० पिस) फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई अवश्यक
कारवाहीको लागी जि.प्र.का. सर्लाहीमा
पठाएको ।
सिरहा, मिति
२०८०।०१।२६ गते अं. १८:०० वजेको समयमा जिल्ला सिरहा धनगढीमाई न.पा. १० जिरोमाईल
स्थित जिरोमाईल सुखिपुर सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको पैदल यात्री जिल्ला
सिरहा सुखिपुर न.पा. ८ बजार बस्ने बच्चु राय अमातको छोरा अं. बर्ष ४० को पहलाद राय
अमातले प्लास्टिकको झोलामा अं. २ दुई के.जि. ला.औ. गाँजा बोकी लगि रहेको छ भन्ने गोप्य सूचना प्राप्त हुना साथ ई.प्र.का.धनगढी
सिरहाबाट प्र.ना.नि. को टोलि खटि गई गाँजा सहित मानिस नियन्त्रणमा लिई ईलाका
प्रहरी कार्यालय धनगढी सिरहामा ल्याई राखिएको ।