फरार प्रतिवादी पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।२८ गते जिल्ला
प्रहरी कार्यालय पर्सा तथा जि.प्र.का.पर्सा मातहत समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न
स्थान बस्ने १८ जना बिभिन्न मुद्धाका फरार
प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. तथा पर्सा जिल्ला
अदालत बिरगंज पर्सामा दाखिला गराएको ।
रौतहट, मिति २०८०/०१/२७ गते जि.रौतहट
वृन्दावन न.पा.३ बस्ने कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादि भोजिन्द्र राय
यादवको छोरा अं.वर्ष २२ को विवेक राय यादवको सम्बन्धमा ई.प्र.का.गरुडा रौतहटबाट
खटिएको टोलिले गोप्य रुपमा बुझ्दा निज प्रतिवादि जिल्ला मकवानपुर स्थित रहेको
वहुमुखि क्याम्स हेटौडामा कक्षा १२ को परीक्षा दिइ रहेको भन्ने बुझिएकोले जि.प्र.का.मकवानपुर
सँग समन्वय गरी निज प्रतिवादिलाई मिति २०८०/०१/२७ गते अं.१२:०० बजे जि.प्र.का.मकवानपुर
बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको भन्ने जानकारी प्राप्त हुनसाथ ई.प्र.का.गरुडाबाट
प्र.स.नि.को कमाण्डमा टोलि खटि गइ आवश्यक कारवाहिको लागि मिति २०८०/०१/२७ गते ई.प्र.का.गरुडामा
ल्याई थप अनुसन्धान कार्य भइरेहको ।
सिरहा, मिति २०८०।०१।२८ गते अं. १५:०० बजे प्र.चौ.ठाडीबाट
प्र.ब.ना.नि.को कमाण्डको खटिएको प्रहरी टोलीले कुटपिट मुद्दाका ९ जना फरार
प्रतिवादीहरुलाई निजकै घरबतनबाट जिल्ला सिरहा भगवानपुर गा.पा. ५ स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित
सिरहा जिल्ला अदालतमा बुझाएको ।