ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०१-२९
- A
- A-
- A+
सर्लाही, मिति २०८०/०१/ २८ गते अ.२०:४० बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा.५
स्थित ई.प्र.का.बरहथवा सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा ५ जना र स.प्र.बल नेपाल
सुरक्षा बेस सुन्दरपुर चौहड्वा बाट खटिएको स.प्र.नि.को कमाण्डमा ५ जनाको संयूक्त चेकिङ टोलीले मधुवनगोठ बाट
काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६-००१ ख ०००३ नं.को यात्रुबाहक बसलाई चेक जाँच
गर्दा बस भित्र CODIWELL SYRUP १८७ बोतल (१००ml), Nitrazepam tablets ९० पत्ता (९००पिस),निम्न परिमाणको ला.औ. फेला परेको हुदा उक्त
बसको कन्टेक्टर जिल्ला सर्लाही गोडैता न.पा. ८ गोडैता बस्ने अ. वर्ष ३२ को महमद
ताज दर्जी , Nitravet tablets 20 पत्ता (३०० पिस) र ईन्जेक्सन
Nwaphin ९१ पिस,diazepam ९१ पिस र Phenegram ९२ पिस सोही बसको सह-चालक ऐ.ऐ. ११ सिसौटिया
बस्ने अ.वर्ष २२ को अजय सहनी लाई ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का.बरहथवा
सर्लाहीमा ल्याई थप अनुसन्धान भईरहेको ।
महोत्तरी, मिति २०८०।०१।२८ गते जिल्ला
महोत्तरी बर्दिबास न.पा. ४ माईस्थानचोक स्थितमा शसस्त्र प्रहरी बल नेपाल नं. २
छिन्नामस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट स.प्र.ना.नि. शुरेष न्यौपानेको
टोलीले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश२-०२-००५प ६१८५ नं. को मो.सा.मा
सवार जिल्ला महोत्तरी गौशला न.पा. ८ बस्ने डम्बर बहादुर क्याप्छाकिको छोरा बर्ष
अं. ३१ को हिरालाल क्याप्छाकि र ऐ.ऐ. बस्ने शुक्र बहादुर गान्जाको छोरा बर्ष अं.
२७ को पुर्ण बहादुर गान्जाको साथबाट DISLX-DC
100ml को २५ बोटल र Codiwell 100
ml को १६ बोटल ला.औ. बरामद भएको भनि सोहि मुख्यालयले ऐ. २०;४५
बजेको समयमा सुँचना प्राप्त भए पश्चात तत्काल ई.प्र.का.बर्दिबास महोत्तरी बाट
प्र.नि.को कमाण्डमा टोली खटि गई रितपुर्वक मुचुल्का गरी हिरालाल क्याप्छाकि, पुर्ण
बहादुर गान्जा, निजहरु सवार मो.सा., र बरामद भएको ला.औ. ई.प्र.का.बर्दिबास
महोत्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।