आन्तरिक राजश्व बिभागको स्टिकर तथा सामान सहित २ जना मानिस पक्राउ
२०८०-०१-२९
- A
- A-
- A+
सिरहा,
मिति २०८०।०१।२८ गते सिरहा जिल्लाको विभिन्न स्थानमा आन्तरिक राजश्व विभागको
स्टिकरको अपचलन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
सिरहा बाट प्र.नि.को कमाण्डको टोलीले खो.त. गर्दै जाँदा ऐ.१७:००
बजे जिल्ला सिरहा नरहा गा.पा.०१ बस्ने
अं.वर्ष २२ को रामसरण दासको घरबाट २५००।- थान आन्तरिक राजश्व विभागको
स्टिकर,१०१९ प्याकेट पराग,मोवाईल १ र जिल्ला सिरहा गोलबजार न.पा. ०६ बस्ने लोचन
साहको छोरा अं.वर्ष ३२ को मनोज कुमार साहको घरबाट ६०० प्याकेट पराग, २ बोरा अंगुरी
, १ थान मोवाईल सहित फेला पारेको हुदा आन्तरिक राजस्व कार्यालय लहान सिरहालाई खबर
गरी रितपुर्वक बरामद गरी आवश्यक कार्वाहीको लागी आन्तरिक राजश्व कार्यालय लहान पठाईएको
।