ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०१-३१
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।३० गते अं.२३;४५
बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.-१५ भिष्वा पोखरी स्थितमा प्रहरी चौकी
भिष्वाडाँडा पर्साबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच
गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री जिल्ला नुवाकोट बिदुर
न.पा.-१ बस्ने बहादुर बि.क.को छोरा अं.बर्ष २६ को अनिल बि.क.को साथबाट डाईजेपाम
२४० एम्पुल, फेनारगन-२४०एम्पुल, नुरफिन-२४०एम्पुल गरी जम्मा ७२० एम्पुल ला.औ.फेला
पारी निजलाई उक्त औ.सहित नियन्त्रणमा व.प्र.का.श्रीपुर,पर्सामा पठाएको ।
बारा, मिति
२०८०।०१।३० गते अं. २२:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उप-महानगरपालिका वडा
नं. ०१ पथलैया नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय
पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलिले सवारी साधन चेकजाँचको
क्रममा सवारी साधनहरुको अगाडी पछाडी अनावश्यक हरकत देखाई रहेको जिल्ला रौतहट
शिवनगर नगरपालिका स्थाई वतन बताउने बर्ष ४३ को हरिन्द्र राउतको शरीर चेकजाँच गर्दा
पाइन्ट दायाँ खल्तीमा लागुपदार्थ Diazpam-18 थान, Promethozine-20
थान र Noophin-19 गरी जम्मा ५७ थान फेला परेको
मानिस सहित आवश्यक कार्यवाहिको लागि ई.प्र.का.सिमरामा पठाईएको ।