ला.औ.सहित मानिस र मो.सा. नियन्त्रण
२०८०-०२-०२
- A
- A-
- A+
१. सर्लाही, मिति २०८०/०२/०१ गते अं.१७:३५ बजेको समयमा जिल्ला सर्लाही बरहथवा न.पा. ११ हिरापुर ब्यारेज स्थित ई.प्र.का. सिरापुर सर्लाहीबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको बा.३६ प ३९०९ नं.को मो.सा.मा सवार मानिसहरुलाई शंका लागी चेकजाँच गर्दा मो.सा. चालक ऐ. ८ बस्ने ब्रहमदेव महतोको छोरा अं. वर्ष २२ को धिरज कुमार महतोको साथ बाट प्रतिवन्धित ला.औ. नाईट्राजेपाम ट्याब्लेट १८ पत्तामा १८० पिस फेला परेकोले मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने गोपाल पासवानको छोरा अं. वर्ष २१ को संजिव पासवान लगायत मो.सा. नियन्त्रणमा लिई ई.प्र.का. हिरापुरमा ल्याई राखेको ।
२. धनुषा, मिति २०८०/०२/०१ गते अं.१०:०० बजेको समयमा जिल्ला धनुषा बिदेह न.पा.१स्थित रेल्वे ट्याकमा प्र.चौ. ठाडीझिझा धनुषा बाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR7B6125 नं.को मो.सा. रोकी चेकजाँच गर्दा सोही मो.सा.को लेगार्डमा प्लाष्टिकको झोला भित्र प्लाष्टिकको बोरामा माथीबाट कुरकुरेले छोपी ल्याएको Exiplon100 ML को ५० बोतल ला.औ. फेला परेकोमा मो.सा.चालक भारत बिहार जिल्ला मधुवनी रजौल ५ बस्ने बर्ष अं.४० को कारी दासलाई मो.सा. र ला.औ.सहित नियन्त्रणमा लिई प्रहरी चौकी ठाडीझिझामा ल्याई राखिएको ।