ला.औ.सहित मानिस नियन्त्रण
२०८०-०२-०५
- A
- A-
- A+
१. धनुषा,
मिति २०८०/०२/०४ गते अं.१५:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.२३ वेला पुल
स्थित महोत्तरी पिपराबाट जनकपुर तर्फ आउँदै गरेको ज.३ प. २३५५ नं.को मो.सा.लाई जिल्ला
प्रहरी कार्यालय धनुषाबाट खटिएको
मो.सा.गस्ती टोलीले शंका लागी चेक जाँच गर्दा मो.सा.चालक जिल्ला धनुषा बटेश्वर गा.पा.५ शान्तिनगर
बस्ने अं.वर्ष ४५ को सुरेश महतोले पिठ्युमा बोकेको झोला भित्र खोली हेर्दा ला.औ.गाँजा अं.५०० ग्राम फेला परेको र
निजको साथबाट नगद रु.५५,४९०/-
(नेपाली रुपैयाँ), रु.२,५३०/- (भारतीय रुपैयाँ) सहित बरामद भएकोले मो.सा., ला.औ. र मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.
धनुषामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको
।
२. सिरहा,
मिति २०८०।०२।०४ गते अं.१६:४० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा.
वडा नं.०३ धाँती टोल स्थितमा प्रहरी
चौकी ठाडी सिरहाबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आईरहेको मानिसहरुलाई
शंका लागी चेकजाँच गर्दा जिल्ला सप्तरी सुरुङ्गा गा.पा. वडा नं. ९ बस्ने श्याम
प्रसाद चौधरीको छोरा बर्ष अं.१९ को मधुसुधन चौधरीले लगाएको निलो कलरको हाफ
ज्याकेटको साईडको गोजिमा Nitravet-10 लेखिएको अबैध लागु औषध २ पत्ता (३० चक्की) फेला परेको
उक्त अबैध लागु औषध ऐ.ऐ. बस्ने शम्भु चौधरीको छोरा बर्ष अं.२१ को हरि नारायण चौधरीले आफुलाई राख्न दिएको भनि जानकारी
गराएकोले लागु औषध सहित दुबै जना, साईकल-२ थान, रेड्मी कम्पनीको मोबाईल थान १ बरामद गरी आवश्यक कारवाहीको लागी ई.प्र.का. लहान सिरहामा बुझाउने कार्य
भईरहेको ।