लागु औषध सहित एक जना मानिस पक्राउ
२०८०-०२-१२
- A
- A-
- A+

पर्सा, मिति २०८०।०२।१२ गते अं.१०:०० बजे जिल्ला पर्सा कालिकामाई गाउँपालिका
वडा नं.१ स्थित नहर सडक खण्डमा जि.प्र.का. पर्सा मातहत प्रहरी चौकी आशवारीबाट
खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका BR22AT 8498 नम्बरको
मो.सा. रोकी मो.सा.मा निम्न लिखित वतनका वर्ष २१ को अनिल पासवानलाई चेकजाँच गर्दा
निजले ढाडमा पछाडी भिरेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध चरेश २०
प्याकेट प्रति प्याकेट ५०० ग्रामका दरले जम्मा १० के.जी. लागु औषध चरेश फेला परेकोले
उल्लेखित लागु औषध तथा BR22T 8498 नम्बरको मो.सा. बरामद गरी
निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ थप अनुसन्धान
भैरहेको ।
निम्न:-
पक्राउ विवरण
अभियुक्त:- अनिल पासवान
उमेर:-
२१ वर्ष
ठेगाना:- जिल्ला पर्सा कालिकामाई गा.पा.वडा नं.१
पक्राउ मिति:- २०८०।०२।१२ गते ।
बरामद लागु औषध चरेशः- १० के.जी.