लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-१४
- A
- A-
- A+
सिरहा, मिति २०८०/०२/१३ गते अं.१२:५० बजेको समयमा जिल्ला सिरहा भगवानपुर गा.पा. ४ टेम्पु स्टेण्ड ठाडी स्थितमा प्र.चौ.ठाडी सिरहाबाट खटिएको
प्र.ब.ना.नि.को कमाण्डको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल
तर्फ आउँदै गरेको स.२. प ३८१० नं. को कालो
रातो साईन मो.सा. चेक जाँच गर्दा मो.सा. चालक जिल्ला उदयपुर त्रियुगा न.पा.-६
जलजले बस्ने मिश्रीलाल चौधरीको छोरा बर्ष -२६ को चन्द्र नारायण चौधरी लगाएको भटमास
कलरको विनस्विटरको बाँया साईडको भित्री गोजिमा कालो प्लास्टिकमा पोकोपारी राखेको
निम्नानुसारको ला.औ फेला परेकोले ला.औ सहित मो.सा. चालक चन्द्र नारायण चौधरी र
सोही मो.सा .पछाडी सवार ऐ. त्रियुगा न.पा.
६ बस्ने महमद रुस्तम अलीको छोरा बर्ष -२५ को महमद नौसाद अली समेत गरी मो.सा. थान-१, APPLE कम्पनीको मोबाईल थान १ र MI कम्पनीको मोबाईल थान-१, स्मार्ट वाच थान-१,
मोहमद नौसाद अलीको नामको विभिन्न कार्डहरु थान-५, निज कै
पासपोर्टको फोटोकपी र नगद रु. २,०५२/-, प्रतिबन्धित लागु औषध
समेत बरामद गरी आवश्यक कारवाहीको लागी तालुक ई.प्र.का.
लहानमा बुझाउने प्रकृया भईरहेको ।
निम्न:-
१)
DIAZEPAM २५ एम्पुल
२)
BUPRENORPHINE २५ एम्पुल
३)
PROMETHARZINE २५ एम्पुल