लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१६
- A
- A-
- A+
१.
मिति २०८०।०२।१५ गते अं.१५:३० बजेको समयमा
जिल्ला पर्सा छिपरमाई गा.पा. ५ ब्रहम चोक स्थितमा बागमती प्रदेश- ०३००१ ख १८१० नं.को
बसमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा प्र.चौ. भिष्वा पर्साबाट
खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उक्त बसको पछाडिको डिक्की भित्र बाल्टिनमा
पलाष्टिकको पोका भित्र लुकाई छिपाई राखिएको अवस्थामा निम्न अनुसारको ला.औ.र उक्त नं.को
बस चालक जिल्ला दोलखा भिमेश्वर न.पा.८ बस्ने अं. बर्ष ४२ को दुर्गा राज खत्री र
ऐ.बसको सहचालक जिल्ला पर्सा धोबिनी गा.पा. ४ लंगडी बस्ने बर्ष ४५ को नुरेश मिया
तेलीलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि ई.प्र.का.पोखरीयामा बुझाएको ।
निम्नः-
1.
Noophin 500 पिस
2.
Diazepam 500 पिस
3.
Phenirzan 500 पिस
२.
मिति २०८०।०२।१५ गते अं. २१:४० बजेको समयमा
जिल्ला रौतहट चन्द्रपुर न.पा.६ बेल्डि गाँउ स्थितमा ई.प्र.का. चपुर, रौतहटबाट
प्र.स.नि. को कमाण्डमा खटिएको गस्ति टोलि गस्ति गर्दै जाने क्रममा ऐ.स्थित रहेको
प्रतिक्षालयमा शंकास्पद रुपमा बसिरहेको जिल्ला गोरखा पालुङ्टार न.पा.४ बस्ने अं. बर्ष
२३।२४ को राहुल रानाभाटलाई सोधपुछ तथा चेक जाँच गर्ने क्रममा निजले लगाएको
ज्याकेटको खल्तिबाट लागु औषध Nitravet-10 लेखिएको ट्याब्लेट २३ पिस र S-monplus
लेखिएको ट्याब्लेट १९ पिस बरामद भएकोले उक्त लागु औषध र निज राहुल
रानाभाटलाई नियन्त्रणमा लिई ई.प्र.का. चपुर, रौतहटमा ल्याई राखिएको ।
३.
मिति २०८०।०२।१५ गते अं. १८;०० बजेको समयमा
जिल्ला सिरहा सिरहा न.पा. १७ बस पार्क स्थित ई.प्र.का. माडर, सिरहाबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको
पैदल यात्री जिल्ला सिरहा कर्जन्हा न.पा. ३ टिकापुर बस्ने हरिदेव दासको छोरा
अं.बर्ष २३ को कमल दासलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अबैध ला.औ.
नाइट्रोभेट 10
लेखिएको ट्याबलेट १ पत्ता
१५ पिस सहित निजलाई पक्राउ गरि ई.प्र.का. माडर, सिरहामा ल्याई आवश्यक कारवाहीको
लागी तालुक जि.प्र.का.सिरहा तर्फ पठाउने पहल भईरहेको ।
४.
मिति २०८०।०२।१५ गते अं.१७:१५ बजेको समयमा
जिल्ला सिरहा सिरहा न.पा.१७ बस पार्क देखि अं.३०० मि. पश्चिम ई.प्र.का. माडर,
सिरहाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा
पश्चिम वाट पुर्व तर्फ आउँदै गरेको पैदल यात्री ऐ. मिर्चैया न.पा. ६ नमुना टोल
बस्ने रामनारायण यादवको छोरा अं. बर्ष १८ को शिव कुमार यादवलाई शंका लागी चेकजाँच
गर्दा निजको साथबाट NITRAVET TEN ४ पत्ता ६० पिस ट्याबलेट, अं. २.७७० मिलिग्राम
चरेस जस्तो देखिने सेतो प्लास्टिकमा लागु औषध सहित पक्राउ गरी ई.प्र.का. माडर,
सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. सिरहा पठाउने कार्य
भइरहेको ।