लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१७
- A
- A-
- A+
१.
महोत्तरी, मिति २०८०।०२।१६
गते अं. २०:०० बजेको समयमा जिल्ला
महोत्तरी औरही न.पा. २ औरही चोक स्थितमा प्र.चौ. औरही, महोत्तरीबाट प्र. स. नि. को
कमाण्डमा खटिएको चेकिङ टोलीले रामगोपालपुरबाट बर्दीबास तर्फ जाँदै गरेको ज. १ ह.
५२९३ नं. को यात्रु बाहक अटोमा सवार ऐ. गौशाला न. पा. वडा नं. ५ गौशाला बस्ने
मजनुम अंसारीको छोरा बर्ष ३० को सदाम हुसेनले कालो प्लाष्टिकको पोका बनाई नाईलनको
झोलामा लुकाई छिपाई राखेको EXIPLONE 18 लेखेको १८
बोतल अबैध ला. औ. बरामद गरी मानिस र निजको साथमा रहेको MIVI कम्पनीको
मोवाईल सहित नियन्त्रणमा लिई ई. प्र. का. गौशाला महोत्तरीमा बुझाएको ।
२.
सिरहा, मिति २०८०।०२।१६ गते
अं. १४:०० बजेको समयमा जिल्ला सिरहा लहान न.पा. ३ अस्पताल चौक स्थितमा ई.प्र.का.
लहान सिरहाबाट प्र.ब.ह.को कमाण्डमा खटिएको पिकेट टोलीले दक्षिणबाट उत्तर तर्फ आउँदै
गरेको पैदल यात्री जिल्ला उदयपुर त्रियुगा न.पा. १२ बस्ने रामकुमार रोकाको छोरा
अं. वर्ष १८ को भुपराज रोकालाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट
निम्नानुसारको ला.औ. फेला परेकोले ला.औ. सहित निजलाई नियन्त्रणमा लिई ई.प्र.का.
लहान, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न:-
१) डाईजोपाम २३ एम्पुल
२) ब्युप्रोनोरफिम २३
एम्पुल
३) फेनारगन २३ एम्पुल
जम्मा ६९ एम्पुल ला.औ.
३.
सिरहा, मिति २०८०/०२/१७ गते
अं. ०१:३० बजेको समयमा जिल्ला सिरहा कर्जन्हा न.पा.वडा नं.२ नेपाल राष्ट्रिय
फुलकुमारी विद्यालयको कम्पाउण्ड भित्र
जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. ६ बस्ने अं.बर्ष २६ को खेम हरि काफ्लेको र
ऐ.ऐ बस्ने अं. बर्ष २२ को रोसन दहालले ला.औ. सेवन गर्न बसिरहेको अवस्थामा ई.प्र.का.
बन्दीपुर सिरहाबाट प्र.स.ह को कमाण्डमा खटिएको गस्ती टोलीले, शंका लागी चेक जाँच गर्दा निज खेम हरि काफ्लेको साथबाट codiwell cough sprup 100
ml को २ बोतल र रोसन दहालको साथबाट codiwell cough sprup 100
ml को १ बोतल सहित जम्मा ३ बोतल ला.औ. सहित दुबै जनालाई
नियन्त्रणमा लिई ई.प्र.का. बन्दीपुर सिरहामा ल्याई राखिएको थप अनुसन्धान कार्य
भईरहेको ।
४.
सिरहा, मिति २०८०।०२।१६ गते
अं. १८:०० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १४ खिरौना चोक स्थितमा प्र.चौ. खिरौना
सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिगएको गस्ति टोलीले गस्ति गर्दै जाने क्रममा पैदल
यात्री ऐ. नवटोली बस्ने बिन्देश्वर दासको छोरा अं. बर्ष २० को धिरज दास र ऐ.ऐ.
बस्ने भोलबा मण्डलको छोरा अं.बर्ष ३० को गंगा मण्डललाई शंका लागी चेकजाँच गर्दा
निजहरुको साथबाट अं. ५० ग्राम (तौल हुन बाँकी) बराबरको गाँजा फेला पारी ला.औ.
गाँजा सहित निजहरुलाई पक्राउ गरि प्र.चौ. खिरौना सिरहामा ल्याई आवश्यक कार्वाहीको
लागी तालुक जि.प्र.का.सिरहा तर्फ पठाउने पहल भईरहेको ।
५.
सर्लाही, मिति २०८०।०२।१६
गते अं. १८:०० बजेको समयमा जि. सर्लाही मलंगवा न.पा.८ कार्यालय आगाडी प्र.स.नि. को
कमाण्डमा खटिएको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.२-०३-००९ प ७८९२
नं.को मो.सा.रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार ऐ.ऐ. बस्ने अं.बर्ष २९ को राजु
सिंहले बोकेको प्लाष्टिकको झोलाबाट NITRAVET-10 TABLET
२१० पिस, DIAZEPAM INJECTION-४० पिस,
NOOPHIN INJECTION-४० पिस, PROMETHAZINE
HYDROCHOLORIDE INJECTION - ४० पिस ला.औ. बरामद गरी मो.सा., मो.सा.चालक ऐ.ऐ. बस्ने
अं. बर्ष २० को रोहन राउत, पछाडी सवार निज राजु सिंहलाई ला.औ.
सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी तालुक जि.प्र.का.सर्लाहीमा पठाएको ।
६. पर्सा,
मिति २०८०।०२।१६ गते अं. १३:०० बजेको समयमा जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १६
रजतजयन्ती चोक स्थितमा प्र.चौ. ईनर्वा पर्सा र ला.औ. नि.का.ब्यूरो पर्साबाट खटिएको संयुक्त चेकिङ् टोली चेकजाँच गर्ने क्रममा
जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा. वडा नं. ११ थानाभज्याङ बस्ने मान बहादुर तामाङको छोरा अं. बर्ष १८ को सुभाष तामाङ् माथि शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ. डाईजेपाम-३६
एम्पुल, फेनारगन-३६ एम्पुल र
नुर्फिन-३६ एम्पुल गरी जम्मा १०८ एम्पुल फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा
लिई आवश्यक कारवाहिको लागी व.प्र.का. बिर्तामा पठाएको ।
७. पर्सा,
मिति २०८०।०२।१६ गते अं.२२:५० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.१६ बसपार्क
स्थितमा प्र.चौ. बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जि.चितवन
राप्ती न.पा. वडा
नं. ८ कुरकुरे बस्ने अं.बर्ष २८ को अजय राई माथि शंका लागि रोकी चेकजाँच गर्दा निजको साथबाट नाईट्राजिपाम-५ पत्ता, स्पासमो-१ पत्ता, प्रिजेक्स-१ पत्ता र एभोमाईन- ४ वटा फेला परेको हुदाँ
निजलाई ला.औ. सहित
नियन्त्रणमा लिई आवशयक कारवाहीको लागि व.प्र.का.श्रीपुर पर्सामा बुझाईएको ।