लागु औषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-१८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०२।१८ गते अं.०३:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा.वडा नं.
१६ फुलवारी टोल स्थितमा प्र.चौ. भिस्वाडाँडा, पर्साबाट खटिएको प्रहरी टोलीले गस्ती
गर्ने क्रममा ऐ.ऐ. बस्ने अं. बर्ष ३५ को ईसलाम मियाँ माथि शंका लागि रोकी चेकजाँच
गर्दा निजको साथबाट ३ पुरिया ला.औ.गाँजा (७० ग्राम) फेला परेको हुदाँ निजलाई
ला.औ.गाँजा सहित नियन्त्रणा लिई आवश्यक कारवाहीको लागि व.प्र.का.श्रीपुरमा बुझाईएको
।
२.
सिरहा, मिति २०८०।०२।१७ गते
अं. ११:३० बजेको समयमा जिल्ला सिरहा सिरहा न.पा. १४ खिरौना चौक स्थितमा प्र.चौ.
खिरौना, सिरहाबाट प्र.स.नि.को
कमाण्डमा खटिएको चेकिङ्ग टोलीले यात्रु बाहक बसलाई चेकजाच गर्दा ऐ.
मिर्चैया न.पा. ७ घर भई हाल जिल्ला उदयपुर त्रियुगा न.पा.
१३ बस्ने मो.जाकिर शेखको छोरा अं. वर्ष २४ को मो.रिजवान शेखलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजम ट्याब्लेट- ६ पिस, गाँजा अं. २५ ग्राम सहित नियन्त्रणमा लिई जि.प्र.का. सिरहा
तर्फ पठाउने पहल भईरहेको ।
३.
सप्तरी, मिति २०८०।०२।१७ गते अं. १७:३० बजेको समयमा जि. सप्तरी कञ्चनरुप न.पा. १२ स्थित ऐ.ऐ.
बस्ने कमल जैनले संचालन गर्दै आएको धारापानी होटल एण्ड लँजमा चोरी भएको भनी खबर
प्राप्त हुनासाथ ई.प्र.का. कंचनपुर, सप्तरीबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई घट्ना सम्बन्धमा बुझ्दा उक्त होटलको कोठा नं. ५०१ मा मिति २०८०।०२।१५ गते देखी २
महिनाको लागी आँपको बगैंचा खरीद गरी आँप टिपी बिक्री गर्ने उद्देश्यले भाडामा लिई बसेका जि. काभ्रे पाँचखाल न.पा. ६ देउसी
थान बस्ने
नर बहादुर श्रेष्ठको छोरा अं. वर्ष २७ को श्याम श्रेष्ठ भनी होटल संचालकबाट बुझिएको, उक्त होटलमा चेकजाँच गर्ने क्रममा श्याम श्रेष्ठले कोठा भित्र राखेको निलो
कालो रंगको School
Bag भित्र कालो सेतो बुट्टेदार सर्टमा बेरी लुकाई छिपाई राखेका
लागु औषध NITRAVET-10
लेखेको १२ पतामा १७६ पिस ट्याबलेट फेला परेको हुँदा सो को कानुन खानतलासी बरामदी मुचुल्का गरी निज श्याम
श्रेष्ठलाई पक्राउ गरी ई.प्र.का. कंचनपुर, सप्तरीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।