लागु औषध सहित मानिस पक्राउ
२०८०-०२-१९
- A
- A-
- A+
महोत्तरी, मिति २०८०/०२/१८ गते अं. १६:०० बजेको समयमा जि. महोत्तरी बर्दिबास न.पा. १ भोलाबसन्त चोक स्थितमा ई.प्र.का.
बर्दिबास, महोत्तरीबाट प्र.ह.को कमाण्डमा खटिएको पिकेट टोलिले पैदलयात्री जि.
काठमाण्डौ म.न.पा. ३२ पुतली सडक बस्ने राम बहादुर श्रेष्ठको छोरा बर्ष अं.३९ को
कबिन श्रेष्ठलाई शंकालागी चेकजाँच गर्ने क्रममा निजले पछाडि भिरेको कालो झोला
भित्र लुकाई छिपाई ल्याएको निम्न परिमाणमा रहेको अबैध ला.औ. फेला पारी मानिस तथा
ला.औ. सहित नियन्त्रणमा लिई ई.प्र.का. बर्दिबासमा ल्याई अन्य थप अनुसन्धान कार्य
भइरहेको ।
निम्नः-
१) डाईजेपाम- ४९ एम्पुल ।
२) नोर्फिन- ४९ एम्पुल ।
३) प्रोमोथाईजिन- ४८ एम्पुल गरी जम्मा
१४६ एम्पुल रहेको ।
४) स्पास प्लस- ८ ट्याबलेट ।
५) सिरिन्च- थान ३ ।
६) नेपाली रु.१०० को २४ वटा नोट गरी रु.२,४००।- र नेपाली रु.५० को २६ वटा नोट
गरी रु.१,३००।- ।