भन्सार छलीका सामान नियन्त्रणमा
२०८०-०२-१९
- A
- A-
- A+
१.
धनुषा, मिति २०८०/०२/१८ गते अं.२१:४५ बजेको
समयमा जिल्ला धनुषा विदेह न.पा.२ दुहबी स्थितमा ज.९प.७७२५ नं.को मो.सा.मा सर्ट पाईन्ट कपडा ६१ सेट बोकी भारतबाट भन्सार
छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ई.प्र.का. दुहबी धनुषाबाट
प्र.ब.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलीलाई देखि उक्त कपडा फाली मानिस फरार
भएकोमा उक्त कपडा ६१ सेटको अं.मु. रू.६१,०००/- र मो.सा.को अं.मु. रू.४०,०००/- गरी जम्मा अं. मु.
रू.१,०१,०००/-(एक लाख एक हजार) बराबरको सामान नियन्त्रणमा लिई ई.प्र.का. दुहबी
धनुषामा ल्याई राखिएको ।
२.
धनुषा, मिति २०८०/०२/१८ गते अं. ०४:२० बजेको
समयमा जिल्ला धनुषा जनकपुर उ.म.न.पा.४ कदम चौक स्थित पुर्वबाट पश्चिम तर्फ जाँदै
गरेको ज ३.प.८७९२ न.को मो.सा.चालकले
प्रहरी टोलीलाई देखी तिब्र गतिमा भाग्ने क्रममा पैदल यात्री जिल्ला धनुषा ज.उ.म.न.पा.२
बस्ने महेन्द्र साहको श्रीमती अं.वर्ष ६० की अनिता देवी साहलाई ठक्कर दिंदा
अनुहारमा चोटलागी घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको अवस्था
सामान्य, उक्त ज. ३ प. ८७९२ नं.को मो.सा. र मो.सा.मा बोकी ल्याएको भन्सार छलीको
अवैध माल सामान कपडा अं. रु.२,३०,०००/- र मो.सा. अं. मुल्य रु. २०,०००/– जम्मा अं.
मुल्य रु. २,५०,०००/- बराबरको सामान सहित नियन्त्रणमा लिएको, मो.सा. चालक फरार खोजतलास
भईरहेको उक्त स्थानमा प्र.चौ. कपिलेश्वर धनुषाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको
।
३.
पर्सा, मिति २०८०।०२।१७ गते ०८:३० बजेको समयमा
जि. पर्सा बिरगंज म.न.पा. वडा नं. १५ भिष्वा स्थितमा बिशेष सुचनाको आधारमा जि.प्र.का.
पर्साबाट खटिएको सुचना संकलनको टोलीले ऐ. बस्ने लालबाबु साहको घरमा डेरा गरी बस्ने
नाम, थर, वतन नखुलेको व्यक्तिले भन्सार छली चोरी पैठारी गरी ल्याएको काजु-१८
कार्टुन, पानीपुरी-३० कार्टुन, ल्वाङ-७२ के.जि., जिरा धुलो-६० के.जी., मरिच-२१ के.जी.
गरी अं. रू. २,००,०००/- (दुई लाख) बराबरको सामान नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी मिति २०८०।०२।१८ गते भन्सार कार्यालयमा बुझाएको ।
४.
पर्सा, मिति २०८०।०२।१८ गते अं.१२:०० बजेको
समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं. ६ माईस्थान मन्दिर पछाडिबाट
भन्सार चोरी पैठारी गरी ल्याइएको बेबारिसे अवस्थामा रहेको निम्न रेडिमेड कपडाहरु अं.
मुल्य रु २,५०,०००/- (दुई लाख पचास हजार) बराबरको पक्राउ गरी व.प्र.का. विर्ता, पर्सामा
ल्याइएको ।
निम्नः-
#
रेडिमेट पेन्ट -५८ पिस # रेडिमेट भेष्ट-२७५ पिस # रेडिमेट सर्ट -४०
पिस